बझाङमा आमा समूह र युवाले श्रमदानबाट बनाए सार्वजनिक शौचालय र स्नान गृह  « Khabarhub

बझाङमा आमा समूह र युवाले श्रमदानबाट बनाए सार्वजनिक शौचालय र स्नान गृह 


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

धनगढी– कुनै समय थियो, गाउँमा न योजना आउँथ्यो, न योजनाका लागि बजेट नै । स्थानीयले आफ्ना लागि आफैँ योजना बनाउँथे । आफ्नै श्रम र लगानीबाट संरचना निर्माण गर्थे । दैनिकी त्यो बेला पनि सहज चलेकै थियो । विकास र योजनाप्रति स्थानीयको अपनत्व थियो । आफ्ना लागि हो, भन्ने भावनाले काम गर्थे । श्रमदान नै विकासको पहिलो अनुदान र योजना थियो । 

तर अहिले ठिक उल्टो भएको देखिन्छ । योजना र बजेट विना सिन्कासमेत गाउँमा सारिँदैन । पानीको मुहान सफा गर्नदेखि टुटी खरिदसम्म, नहरको पर्खाल, बनाउनदेखि आफू हिँड्ने बाटोको ढुङ्गा हटाउन पनि योजना र बजेट खोज्ने चलन छ । यत्तिसम्मकी गोठको छाना छाउनसमेत सरकारकै सिफारिस र अनुदान खोज्ने चलन बढेको छ।

तर बझाङको दुर्गाथली गाउँपालिका-१ बुंगाका युवा र महिलाहरूले बजेटमुखीहरूलाई चुनौती दिएका छन् । गाउँमा उनीहरूले श्रमदानमार्फत् महिला-पुरुषलाई नुहाउन अलग-अलग धारा र सार्वजनिक शौचालय बनाएका छन् । बुंगा आमा समूहका ३० बढी महिला र युवा क्लबको सक्रियतामा उक्त पूर्वाधार निर्माण गरिएको क्लबका अध्यक्ष दिने सार्कीले जानकारी दिए । 

मंसिरदेखि जेठसम्म गाउँमा नुहाउन पानी अभावले समस्या हुने गरेको छ। गाउँमा सार्वजनिक शौचालय नभएको अवस्थामा आमा समूहसँग मिलेर श्रमदानमार्फत् संरचना निर्माण गरिएको सार्कीले बताए । आमा समूह र युवा क्लबले हप्ता दिनमा ती संरचना बनाएका हुन् ।

गाउँमा ७० बढी परिवारको बसोबास छ । खानेपानी अपुग छ । ५ किलोमिटर टाढाबाट ल्याएको पानी बिहान बेलुका मात्रै आउँछ । त्यो पनि मंसिरदेखि जेठसम्म आउने निश्चित छैन । न नुहाउन पाइने न लुगा धुन । शौचालयको प्रयोगमासमेत पानी अभावका कारण समस्या हुने गरेको थियो ।

युवाहरू टाढा रहेको बुंगा खोलामा गएर, फुर्सदको समयमा कपडा धुने, नुहाउने काम गरे पनि महिलाहरूका लागि साह्रै समस्या हुने गरेको थियो । सुत्केरी र महिनावारी भएका महिलाहरूका लागि प्रत्येक दिन सरसफाइ गर्न झन् समस्या हुन्थ्यो ।

वडा र पालिका सरकार त्यो विषयमा कहिल्यै जिम्मेवार भएन । अन्तः गाउँमा युवा र आमा समूहको बैठक गरेर आफै बनाउने सहमति पछि निर्माण गरिएको हो ।

बझाङको यो उदाहरणले समाजका लागि धेरै पछि नयाँ अभ्यास र पुरानै श्रमदान गर्ने समाजको सम्झना जस्तै देखिन्छ । पानीका दुख सुनाइ नसक्दा छन् । महिना दिनसम्म लुगा धुन समस्या छ ।

जुजी जिउँला सिँचाइका लागि बुंगा खोलाबाट ल्याएर नहरको पानी प्रयोग गर्ने गरी शौचालय, स्नान गृह निर्माण गरिएको आमा समूहका अध्यक्ष हिमकला देवी सार्कीले बताएकी छन् । 

‘पहिला सबै काम आफै गरिन्थ्यो । धारा बनाउने, सिँचाई कुलो निर्माण गर्ने, बाटोघाटो सरसफाइ गर्ने गरिएको हो, बीचमा पैसा भए मात्रै गर्ने भन्ने नराम्रो चलन आयो, त्यो पनि आफ्ना ठाउँका लागि मात्रै योजना हाल्ने नेता भएपछि सम्भव देखिएन, युवा छोराछोरीलाई भनेर आफै श्रमदान गरेर निर्माण गर्‍यौ ।’ सार्कीले थपिन् । 

उनीहरूले गिट्टी आफैँ कुटे, बालुवा आफैँ बोके, ढुङ्गा आफैँ फुटाए, मिस्त्रीको कामसमेत आफैँले गरे । मात्रै टिन र सिमेन्ट खरिदका लागि युवा क्लब र आमा समूहको रकम लगानी गरे । २५ हजार बढी नगद र डेढ लाख बढीको श्रमदान गरेर संरचना निर्माण गरिएको छ । 

बुंगा आमा समूहका ३० जना र जनचेतना परिवर्तनशील युवा क्लबका १३ जना मिलेर  संरचना बनाएका छन् । श्रमदानबाट पनि साना कामहरू हुन सक्छन् । स्थानीयले आफ्ना लागि केही गर्न सक्नु पर्छ, साना कुरामा पनि बजेटमुखी हुनु हुन्न भन्ने मान्यताका लागि उनीहरूको काम उदाहरणीय भएको छ ।

‘सिँचाइ आफ्नै बारीमा हुने हो । खानेपानी शुद्ध, सफा भए आफ्नै लागि हो, मुहान सफा राखिराख्नु पर्छ, बाटोमा ढुङ्गा खस्दा हटाउन सके सहज आफूहरूकै लागि हो, भन्ने मान्यता नराखेसम्म समाजमा बजेट गए पनि विकास हुदैन’,  सार्की भन्छिन्, ‘पहिला हामीले पनि यसरी नै गाउँ समाज बजाएको हो , त्यही काम युवा र आमा समूहले यो पटक गरे, कामबाट साह्रै प्रभावित छु ।’ 

विशेष गरी महिलाका लागि नुहाउन, कपडा धुन सुरक्षित र स्वच्छ स्थान उपलब्ध गराउनु हो । उनीहरूले बनाएको संरचनामा जस्तापाताले छाएको एक नुहाउने कोठा, दुई वटा धारा र लुगा धुन स्ल्याब निर्माण गरिएको छ ।

संरचना निर्माणपछि गाउँका महिलालाई खोलामा जानु पर्ने र असुरक्षित महसुस गर्नुपर्ने बाध्यता हटेको छ । बजेटमुखीहरूका लागि नयाँ अभ्यासको सिकाइ पनि भएको छ यो पहल ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ५ : ५३ बजे

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार