तत्कालै १० लाख धरौटी बुझाएर रिहा भइन् ऋषिपत्नी अञ्जला « Khabarhub

तत्कालै १० लाख धरौटी बुझाएर रिहा भइन् ऋषिपत्नी अञ्जला


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला १० लाख धरौटी बुझाएर रिहा भएकी छन् ।

सहकारी ठगी मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि मागेको १० लाख रुपैयाँ धरौटी बुझाएर अञ्जला तत्कालै रिहा भएकी हुन् ।

जिल्ला अदालत माेरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले काेइरालालाई पुर्पक्षका लागि १० लाख रुपैयाँ धरौटी लिने आदेश दिएको हो । अदालतले अञ्‍जलालाई थुनामा राख्ने कारण नदेखिएको जनाउँदै धरौटीमा रिहा गर्ने आदेश दिएको बुढाथोकीले जानकारी दिए ।

पोखरेलपत्नी अञ्जलामाथि सहकारी ठगी मुद्दामा थुनछेक बहस डेढ घण्टा बढी चलेको थियो।  अञ्जला बुधबार बिहान आफैँ हाजिर हुन अदालत पुगेकी थिइन् । उनी घरमै बसे पनि प्रहरीले पक्राउ गरेको थिएन । फरार सूचीमा रहेकी अञ्जला बुधबार नै अदालतमा हाजिर भएपछि आदेशलगत्तै धरौटी बुझाएर छुटेकी हुन् ।

मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएकी कोइरालाको बयानपछि सरकारी वकिल र अञ्जला पक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।

सरकारी पक्षले २०७२/०७३ देखि अञ्जला सञ्चालक समितिमा रहेकोले उनीसहित सबै अभियुक्तको दायित्व हुने जवाफ दिएका थिए । पछिल्ला दिनमा सहकारीहरू धराशायी भएको पनि सरकारी वकिलकोतर्फबाट स्पष्ट पारिएको थियो ।

२२ करोड २८ लाख २७ हजार ७०० रुपैयाँ रकम खाने पचाउने गरी अपचलन भएको दाबी अभियोगपत्रमा थियो । भगीरथ खनाल एन्ड एसोसिएट्सको लेखापरीक्षण प्रतिवेदनमा कुनै पनि ठाउँमा अञ्जलाले रकम अपचलन गरेको नदेखिएको, २० जनाको जाहेरीमा कतै पनि अञ्जलाविरुद्ध किटानी नभएको र १९ जनाले गरेको कागजमा पनि उनको संलग्नता नदेखिएकोले सहकारीको रकम हिनामिना तथा अपचलनमा दाबी नपुग्ने तर्क गरिएको थियो ।

अदालतमा अञ्जलाका तर्फबाट ११ जना कानुन व्यवसायील बहस गरे । उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रङ्गेली नगरपालिका-२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध यस प्रकरणमा मुद्दा चलेको थियो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ६ : ०३ बजे

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीन : पर्यटन बोर्ड

काठमाडौँ– नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध