प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै किशोरीमाथि एसिड प्रहार « Khabarhub

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै किशोरीमाथि एसिड प्रहार


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जमा १५ वर्षीया एक किशोरीमाथि एसिड प्रहार भएको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ६ गणेशमान चोकमा शुक्रवार विहान १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

शुक्रवार विहान सवा ६ बजेतिर वीरगञ्ज महानगररपालिका वडा नम्बर २ छप्कैया बस्ने वर्ष १६ का सम्साद मिया र वर्ष १६ कै माजिद आलमले खातुनमाथि एसिड प्रहार गरेका पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । उनीहरुले प्रहार गरेको एसिडले खातुनको छाती, दाहिने गाला र हात जलेको प्रहरीले जनाएको छ ।

एसिड प्रहारमा संलग्न मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने आलम फरार रहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रेम प्रस्ताव खातुनले अस्वीकार गरेपछि मियाले उनीमाथि एसिड प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

एसिड आक्रमणबाट घाइते खातुनलाई उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : १८ बजे

‘पत्रकारमा फिल्ड रिपोर्टिङको जाँगर र सिर्जनशीलता भएसम्म एआईसँग डराउनु पर्दैन’ 

कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने

घाँसको बीउ उत्पादन

राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका