मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट, नेपालको पर्यटन क्षेत्रमा विकास गर्ने प्रतिबद्धता « Khabarhub

मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट, नेपालको पर्यटन क्षेत्रमा विकास गर्ने प्रतिबद्धता


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले भेट गरेका छन् ।

महासचिव पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले आज मन्त्री पाण्डेसँग मन्त्रालयमा भेट गरेको उनको सचिवालयले जनाएको छ ।

भेटमा उनीहरुबीच बिम्स्टेक देशहरुबीचको भिसा सहजकीकरण, धार्मिक, सांस्कृतिक र पर्यटकीय ‘सर्किट’मा पर्यटन पूर्वाधारको विकासलगायत विषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री पाण्डेले बिम्स्टेक टुरिजम फण्डलाई वृद्धिगरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरे । 

उनले नेपालको हवाई उड्डयन क्षेत्रलाई चलायमान बनाउन, पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउन बिम्स्टेक सदस्य राष्ट्रका पर्यटन बोर्डहरुबीचको आबद्धता तथा आपसी आदानप्रदानलगायतका विषयमा जोड दिए ।

बिम्स्टेक महासचिव इन्द्रमणि पाण्डेले बिम्स्टेकको महत्त्वपूर्ण एजेण्डा ‘कनेक्टिभिटी’ भएको बताउँदै नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ७ : २५ बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म