पोखराका तालमा ५३ प्रजातिका जलपक्षी « Khabarhub

पोखराका तालमा ५३ प्रजातिका जलपक्षी


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौ वटा तालमा गरिएको जलपक्षी गणनामा ५३ प्रजातिका जलपक्षी फेला परेका छन् ।

टाइगर माउण्टेन पोखरा लज र पोखरा पक्षी समाजको अगुवाइमा ४३ स्वयंसेवक गणकबाट यही पुस २२ र २३ गते जलपक्षी गणना गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।

सिमसार क्षेत्रमा रैथाने र आगन्तुक चराको विवरण सङ्ख्याको अद्यावधिक, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाइ सचेतना अभिवृद्धि गर्न सन् २००४ बाट पोखरा उपत्यकामा जलपक्षी गणना गरिँदै आइएको छ ।

उनका अनुसार पोखरा उपत्यकाभित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपक्षी गणना गरिएको थियो । 

गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुई हजार १२ जलपक्षी फेला परेका छन् । 

त्यस्तै बेगनास तालमा १४ प्रजातिका एक सय ५८, रुपा तालमा २६ प्रजातिका तीन सय ६४, गुँदे तालमा १३ प्रजातिका तीन सय एक, खास्टे र न्युरेनी तालमा १६ प्रजातिका एक सय ८९, दिपाङमा १३ प्रजातिका दुई सय १७, मैदीमा १० प्रजातिका एक सय २१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ जलपक्षी भेटिएका छन् ।

गणनाका क्रममा फेवा र दिपाङग तालमा चराको सङ्ख्या केही वृद्धि भएको, रुपा र मैदीमा बराबर तथा अन्यमा घटेको छ ।

सन् १९८७ देखि नेपालमा नियमित रूपमा हुँदै आएको एशियाली जलपक्षी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको चरा विज्ञ झलक चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ७ : ३१ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका