धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती | Khabarhub Khabarhub

धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर गरिएको धनुर्मास पूजापछि बुधबार दिनभर बन्द रहेको मन्दिर बेलुकी आरतीका लागि खुला गरिएको छ ।

मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज बिहान दर्शनका लागि आएका भक्तजनलाई दर्शन गर्न दिएपछि अपराह्नपछि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । परम्पराअनुसार मङ्गलबार राति १२ बजेदेखि बुधबार बिहानसम्म धनुर्मास पूजा गरिएको कोषका सदस्य सचिव मिलनकुमार थापाले राससलाई जानकारी दिए ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइएको थियो । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिएको छ । आज मध्याह्न १२ बजेदेखि बन्द गरिएको मन्दिर अहिले बेलुकीदेखि भने भक्तजनका लागि खुला गरिएको उनले सुनाए ।

आज मध्याह्न १२ बजेसम्म भने टाढा टाढाबाट पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई दर्शन गर्न दिने उद्देश्यले मन्दिर खुला राखिएको कोषका संस्कृति महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए । टाढा टाढाबाट आउने भक्तजनका लागि मध्याह्न १२ बजेसम्म दर्शन गर्न दिने परम्परा पनि गत वर्षदेखि मात्र सुरू भएको हो । त्यसअघि भने बिहान धनुर्मास पूजा सकेपछिदेखि नै पशुपतिनाथ मन्दिर बेलुकीसम्म बन्द गरिन्थ्यो ।

उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत पशुपति क्षेत्रमा रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइएको थियो । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर भगवान् फर्कनुभएको विश्वासमा आरती गरिएको हो । बिहीबार बिहानदेखि भने नियमित एवं विशेष पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ९ : ३५ बजे

सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध

बागमती– सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ

भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग

काठमाडौं– सांसदहरुले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका

रसियाको कारखानामा भीषण आगलागी, मृतक सङ्ख्या ११ पुगेको पुष्टि

एजेन्सी – रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा

कृष्णजस्ता मान्छेबारे शास्त्र र विज्ञानको ‘प्याचअप’

काठमाडौँ – हालको भारतीय सरहदमा पर्ने उत्तरप्रदेशको मथुरामा पाँच हजार