कांग्रेस नेता कोइराला बेलायत प्रस्थान « Khabarhub

कांग्रेस नेता कोइराला बेलायत प्रस्थान


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायत प्रस्थान गरेका छन् । उनी बेलायतको संसद् भवनमा आयोजना हुन गइरहेको एक समारोहमा सहभागी हुन बिहीबार त्यसतर्फ गएका हुन् । 

नेता कोइरालाले आगामी सोमबार अर्थात जनवरी १३ मा संसद् भवन भित्र आयोजना हुने एक कार्यक्रममा सहभागी हुने छन् । उनको सचिवालयले उक्त कार्यक्रमलाई कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताएको छ ।  

बेलायत जानुअघि नेता कोइरालाले एक्स (ट्विटर)मा लेखेका छन्, ‘यही १३ जनवरी २०२५ (२९ पौष २०८१) का दिन बेलायतको संसद् भवन (वेस्ट मिन्स्टर) मा आयोजना हुने कार्यक्रममा भाग लिन आज त्यसतर्फ जाँदै छु ।’

नेपाली कांग्रेस र बेलायतको लेबर पार्टीबीच बीपी कोइरालाको समयदेखि नेपाल र बेलायतबीच सम्बन्ध रहिआएको भन्दै उनले बेलायतमा रहँदा लेबर पार्टीका मन्त्री, सांसद र विपक्षी दलका नेताहरूसँग भेटघाट र कुराकानी हुने पनि उल्लेख गरेका छन् ।

सचिवालयका अनुसार उक्त कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ ।

नेता कोइरालालाई बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसले आमन्त्रण गरेको बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  १२ : २८ बजे

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन