अर्जुननरसिंह भन्छन्- प्रधानमन्त्री ‌ओलीले कांग्रेसँगको सहमतिको अपमान गरे « Khabarhub

अर्जुननरसिंह भन्छन्- प्रधानमन्त्री ‌ओलीले कांग्रेसँगको सहमतिको अपमान गरे


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सात बुँदे सहमतिको अपमान गरेको टिप्पणी गरेका छन् ।

पृथ्वी जयन्तीका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा केसीले प्रधानमन्त्री ओलीले २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु सात बुँदे सहमतिकै अपमान भएको बताएका छन् ।

संविधान संशोधनका लागि अन्तिम निष्कर्ष जहिले निस्के पनि त्यसको प्रारम्भ भने अहिलेदेखि नै गर्नुपर्ने उनले बताएका छन् ।

संविधान संशोधनका लागि संसदभित्र रहेका दलमात्रै नभई सबै पक्षसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । दुईदलले मात्रै संविधान संशोधन गर्न नसक्ने भए सर्वदलीय संयन्त्र गठन गर्न उनले सुझाव दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २१-२३ सम्म बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा २०८७ को माघमा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएका थिए ।

यसअघि बुधबार झापामा आयोजित एक कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालेसमेत उक्त अभिव्यक्तिप्रति आपत्ति जनाइसकेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ३ : ५९ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ