अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतविरूद्ध मुद्दा दायर « Khabarhub

अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतविरूद्ध मुद्दा दायर


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियारका कर्मचारीलाई नै घुस दिन लागको आरोपमा हाल नुवाकोट, किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रवप्रसाद सापकोटाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । 

सापकोटा अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहँदा सो पालिकाले मेसिनरी सामान खरिद परेको उजुरीमा आयोगको कञ्चनपुर कार्यालयले अनुसन्धान गरिरहेको बेलामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई खाममा १ लाख घुस दिएको अभियोगमा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार सापकोटाले अनुसन्धानलाई प्रभावित गर्न खरिद कार्यमा भए गरेका भ्रष्टारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई अनुसन्धान टुंग्याउन अधिकृतलाई मोलाहिजा गर्न उजुरीसँग सम्बन्धित कागजात बुझाउने बहानामा घुस रकम दिँदादिँदै आयोगले पक्राउ गरेको थियो । 

आयोगले १ लाख रुपैयाँ बिगो कायम गरी कैद, बिगो जरिबाना र जफतको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ४ : ५६ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ