अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतविरूद्ध मुद्दा दायर « Khabarhub

अख्तियारका कर्मचारीलाई घुस दिन खोज्ने अधिकृतविरूद्ध मुद्दा दायर


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियारका कर्मचारीलाई नै घुस दिन लागको आरोपमा हाल नुवाकोट, किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत ध्रवप्रसाद सापकोटाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । 

सापकोटा अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहँदा सो पालिकाले मेसिनरी सामान खरिद परेको उजुरीमा आयोगको कञ्चनपुर कार्यालयले अनुसन्धान गरिरहेको बेलामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई खाममा १ लाख घुस दिएको अभियोगमा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार सापकोटाले अनुसन्धानलाई प्रभावित गर्न खरिद कार्यमा भए गरेका भ्रष्टारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई अनुसन्धान टुंग्याउन अधिकृतलाई मोलाहिजा गर्न उजुरीसँग सम्बन्धित कागजात बुझाउने बहानामा घुस रकम दिँदादिँदै आयोगले पक्राउ गरेको थियो । 

आयोगले १ लाख रुपैयाँ बिगो कायम गरी कैद, बिगो जरिबाना र जफतको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ४ : ५६ बजे

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल