हराएका ३३ दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण | Khabarhub Khabarhub

हराएका ३३ दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका ३३ दुई पाङग्रे सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ मोटरसाइकल र आठ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे  । 

हराएका ती सवारीसाधन काठमाडौंको गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाँटार, धर्मस्थली, नयाँ बसपार्क, बौद्धलगायत स्थानबाट ट्राफिक प्रहरीले फेला पारेको हो । 

ट्राफिक प्रहरीले चालु आवको हालसम्ममा काठमाडौं उपत्यकाबाट विभिन्न समयमा हराएका दुई सय ७३ सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २८ दुई पाङ्ग्रे सवारीसाधनसहित सो कार्यमा संलग्न ४० जनालाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए  । 

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९/८० मा चार यस ९९ र आव २०८०/८१ मा चार सय १७ दुई पाङ्ग्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न तथा सर्वसाधारणको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरे । 

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३, नेपाल प्रहरीको हटलाइन १०० मा फोन गर्न र नजिकको प्रहरी चौकीमा निवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ७ : १५ बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक