अमेरिकामा डढेलो : ६ जनाको मृत्यु, ५३ सय संरचना जल्दा डेढ लाख बढी विस्थापित | Khabarhub Khabarhub

अमेरिकामा डढेलो : ६ जनाको मृत्यु, ५३ सय संरचना जल्दा डेढ लाख बढी विस्थापित

शुक्रबार अझ भयावह हुन सक्ने


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस – अमेरिकामा सल्किएको डढेलोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ। लस एन्जलसमा लागेको डढेलोको मुस्लो अझ डरलाग्दो हुँदै जान सक्ने चेतावनी विज्ञले दिएका छन्।

केही समय अघि गरिएको पत्रकार सम्मेलनमा शुक्रबार र आउँदो मंगलबार अझ धेरै हुरी बतास र आगोको मुस्लोका कारण अझ भयावह अवस्था आउने चेतावनी दिइएको छ ।

विज्ञ ५३ सय संरचना ध्वस्त पार्ने त्यस आगोको उत्पत्ति कसरी भएको भन्ने पत्ता लगाउने प्रयासमा छन्। सो आगोका कारण विस्थापित हुनेको सङ्ख्या करिब दुई लाख अर्थात् लाख ७९ हजार पुगेको छ।

आगो लागि रहेको समयमा घरमा पसेर लुटपाट मच्चाउनेको पनि कमी छैन। यसै काममा सरिक भएका २० जनालाई प्रहरीले गिरफ्तार गरेको छ। लस एन्जलस र भेन्टुराको सीमामा पर्ने केही स्थानमा नयाँ आगोको लप्का निस्किए पछि त्यहाँका मानिसहरूलाई अनिवार्य अन्यत्र सर्न सर्कुलर गरिएको छ।

आगलागीका कारण सबैभन्दा धेरै असर अल्टाडेना समुदायमा परेको छ। इटनमा १३ हजार ६९० आर्क अहिले प्रभावित भएका छन्। रुखहरू ढलेका छन्। पातहरू भुइँमा छरपस्ट भएका छन्। त्यहाँका अग्नि नियन्त्रकका प्रमुख मार्सले डढेलोको कारण कुनै व्यक्तिले लगाएको आरोप पुष्टि भएमा यसलाई हत्याको रूपमा हेरिने बताएका छन्।

अहिले आगो नियन्त्रणमा ल्याउनका लागि १५ सय २७ जना सक्रिय छन्। त्यस आगोका कारण अहिलेसम्म मर्ने ६ भए पनि यो संख्या थपिने जनाइएको छ। कतै मानिस मरेको भए पनि यसको जानकारी आइनसकेको हुनसक्ने अधिकारीले जनाएका छन्।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ७ : ०१ बजे

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षण गर्न क्यामेरा जडान

भोजपुर- भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस

झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज

दाङ– दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने