कोशीमा संकटग्रस्त सहकारी व्यवस्थापन समितिले थाल्यो काम | Khabarhub Khabarhub

कोशीमा संकटग्रस्त सहकारी व्यवस्थापन समितिले थाल्यो काम


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेश सरकारले वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा संकटग्रस्त सहकारी व्यवस्थापन समितिले काम थालेको छ ।

थापाको नेतृत्वमा गठित समितिमा सहकारी विज्ञका रूपमा झापाका धनप्रसाद शिवाकोटी र लेखा विज्ञका रूपमा जीवन काफ्लेलाई सदस्य तोकिएको छ । 

शुक्रबार संकटग्रस्त सहकारीको व्यवस्थापन समिति कार्यालय उद्घाटन तथा पद बहाली कार्यक्रमपछि समितिले काम सुरु गरेको हो ।

उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले प्रदेश मातहतको १०७६ सहकारी मध्ये एउटा समस्याग्रस्त घोषणा गरिएको बताए ।

व्यवस्थापन समिति मार्फत सहकारी संस्थाको व्यवस्थापनको थालिने जानकारी दिए । समस्याग्रस्त सहकारीका बचत कर्ताको बचत फिर्ता गर्ने र सञ्चालन आउन सक्ने खालका सहकारीलाई व्यवस्थापन गर्ने व्यवस्थापन समितिको  दायित्व भएको बताए। 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर थापाले प्रदेश सहकारी ऐन २०७६ ले दिएको अधिकारलाई प्रयोग गरी सहकारीका समस्या व्यवस्थापन गरिने बताए ।

सङ्घीय सरकारले मात्रै समस्या समाधान गर्न नसकेपछि प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भित्र रहेर समिति बनाएर जिम्मेवारी दिएकोले दिइएको जिम्मेवारी अनुसार अरू प्रदेश कोलागि समेत दिशानिर्देशको रूपमा कोसी प्रदेशले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग कृषि तथा सहकारी  मन्त्री खगेनसिं हाङ्गामले कोसी प्रदेशमा सहकारी समस्या भयावह बन्दै गएकाले समिति गठन गर्नु परेको बताए ।

कोशी प्रदेश सरकारको गएको पुस १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापन समितिको गठन गर्दै समितिको काम, कर्तव्य तथा अधिकार टुंग्याएको थियो ।

कानुनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको कानूनविद्मध्येबाट प्रदेश सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष रहने व्यवस्था अध्यादेशमा छ। जसअनुसार समितिको संयोजकमा वरिष्ठ अधिवक्ता थापालाई नियुक्त गरिएको थियो । 

त्यसैगरी सहकारी क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेका व्यक्तिमध्येबाट प्रदेश सहकारी संघले तोकेका एकजना सदस्य, प्रशासन वा सुरक्षा वा अनुसन्धानका क्षेत्रमा कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीमा कम्तीमा ५ वर्षको अनुभव प्राप्तमध्येबाट प्रदेश सरकारले तोकेको एकजना सदस्य, लेखा विशेषज्ञमध्येबाट एकजना र प्रदेश सरकारले तोकेको सातौं-आठौं तह वा सोसरहरको अधिकृत सदस्य सचिव रहने व्यवस्था छ । समितिमा मन्त्रालयका शाखा अधिकृत रामकुमार श्रेष्ठ सदस्य सचिव रहनेछन् । 

प्रदेश सरकारले गत कात्तिक ४ गते केही प्रदेश ऐन संशोधन गर्न बनेको अध्यादेश २०८१ राजपत्रमा सार्वजनिक गरेको थियो ।

अध्यादेशमा प्रदेश सहकारी ऐन संशोधन गर्दै कुनै सहकारी संस्था वा संघलाई समस्याग्रस्त संस्था वा संघको रूपमा घोषणा गरिएकोमा त्यस्तो संस्था वा संघको सम्पत्ती व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न प्रदेश सरकारले अध्यक्ष र सदस्य रहने गरी एक व्यवस्थापन समिति गठन गर्न सक्ने व्यवस्था छ ।

यसबीचमा सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ ।

कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उक्त सहकारीलाई मंगलबार समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर अहिले पनि पुर्पक्षका लागि थुनामा छन् । पक्राउ परेका कतिपय अरु सञ्चालकहरू भने धरौटीमा रिहा भएका छन् ।

सहकारीको रकम अपचलनमा नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु कुमारी लिम्बू (अमृता सुब्बा) पनि संलग्न छन् । सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेको मुद्दा छ ।

इटहरीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले विराट चोक, विराटनगर र दमकका १३ हजारबढी सर्वसाधारणको ६१ करोड बढी बचत अपचलन गरेको उल्लेख छ । कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयले इटहरीमा रहेको अम्बेकोशी सहकारी संस्थालाई संकटग्रस्त सहकारी घोषणा गरिएको बताए ।

प्रदेश सहकारी ऐन २०७६ को दफा ८४ को उपदफा २ अनुसार अब सरकारले गठन गरेको समितिले सहकारीको चल तथा अचल सबै सम्पत्ती नियन्त्रणमा लिएर बचतकर्ताको बचत फिर्ताको प्रक्रिया अगाडि बढाउने उनले बताए।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ३ : २२ बजे

उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह

काठमाडौं – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्योगहरूको व्यवस्थापनलाई

एलओडी २०२५ को लागि पुनः डिजे म्यागको नोमिनेशनमा

काठमाडौं – ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा

आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक विकासमा

गोरखाबाट हिँडेको ‘एकीकरण टर्च र्‍याली’ काठमाडौं आइपुग्यो (तस्बिरहरु)

काठमाडौं – नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै

भूमिसम्बन्धी समस्या सरकार र आयोगले समाधान गर्नुपर्छ : सभामुख घिमिरे

बनियानी – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा देखिएका भूमिसम्बन्धी समस्या