जापानमा हथौडा आक्रमणमा परी आठ जना घाइते | Khabarhub Khabarhub

जापानमा हथौडा आक्रमणमा परी आठ जना घाइते


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा शुक्रबार भएको आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् । 

प्रहरी स्रोतलाई उद्धृत गर्दै सरकारी प्रसारक एनएचकेले उल्लेख गरेअनुसार होसेई विश्वविद्यालयको तामा क्याम्पसमा दिउँसो आक्रमण भएको थियो । 

जिजी प्रेसका अनुसार आक्रमणमा संलग्न भएको आरोपमा सोही क्याम्पसमा समाजशास्त्र अध्ययन गर्ने २० वर्षीय एक किशोरीलाई पक्राउ गरिएको छ । एफएनएनका अनुसार आक्रमणकारी छात्रालाई थप आक्रमण गर्नबाट विश्वविद्यालयका कर्मचारीले रोकेका थिए ।

जापानमा हिंसात्मक अपराधको दुर्लभ यस घटनाको बारेमा प्रहरीले एएफपीसँग तत्काल घटनाको बारेमा विस्तृत विवरण प्राप्त भई नसकेको जनाएको छ । जापानमा बन्दुक नियन्त्रणका लागि कडा कानून छ।

एनएचकेको लाइभ फुटेजमा जापानको राजधानीको उपनगरीय माचिडा जिल्लामा रहेको क्याम्पसमा आपतकालिन सवारी साधनहरूको लाइन लागेको र साइरेनसहित रातो निलो बत्ती चम्किरहेको देखिएको छ ।

जापानमा सन् २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्यालगायत बेलाबेलामा छुरा प्रहार र कहिलेकाहीं गोली हानाहानका घटनासमेत हुने गरेको छ ।

गत डिसेम्बरमा जापानको दक्षिणपश्चिमी क्षेत्रमा रहेको म्याकडोनल्ड रेस्टुरेन्टमा एक जुनियर हाईस्कुलका विद्यार्थीको छुरा प्रहार गरी हत्या गरिएको थियो भने अर्का एक जना घाइते भएका थिए । उक्त आक्रमणमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरिएको थियो ।

सन् २०१९ मा जापानको कावासाकी शहरमा एक जना स्कुले छात्रासहित दुई जनाको छुरा प्रहार गरी हत्या गरिएको थियो भने एक दर्जनभन्दा बढी घाइते भएका थिए । उक्त घटनामा ५१ वर्षीय आक्रमणकारीले बालबालिकाको एक समूहमाथि प्रहार गरेका थिए भने घाँटीमा छुरा प्रहार गरेको अनुसन्धानपछि पुष्टि भएको थियो ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : २१ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा