ट्रम्प कार्यालय प्रवेश फन्डमा बोइङ, गुगल र माइक्रोसफ्टको चन्दा | Khabarhub Khabarhub

ट्रम्प कार्यालय प्रवेश फन्डमा बोइङ, गुगल र माइक्रोसफ्टको चन्दा


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रवेश कार्यक्रमका लागि उड्डयन व्यवसायको जाइन्ट बोइङले १० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ। गुगल र माइक्रोसफ्टले पनि सोही किसिमको चन्दा प्रदान गर्ने छन्।

तेल उत्पादक कम्पनीका चेभ्रनका साथै प्राविधिक क्षेत्रको जाइन्ट मेटा, अमेजन र उबरले पनि सोही किसिमले सहयोग गर्ने भएका छन्। ट्रम्पले २० जनवरीका दिन राष्ट्रपति भवनमा प्रवेश गर्ने छन्।

बोइङले पछिल्ला तीन पटक राष्ट्रपति कार्यालय प्रवेशकै समयमा यसै किसिमले चन्दा दिएको बताउँदै यस कार्यमा आफूलाई सरिक गर्न पाउनु खुसीको कुरा भएको बताए। यसरी चन्दा दिने कम्पनी मध्य गुगल सबै भन्दा ठुलो हो।

गुगलसँगै मेटा र अमेजनले संसार भरी नै आफ्नो प्रभाव अझ बढाउने बताएका छन्। गुगलले युट्युब मार्फत सो समारोह लाइभ हुने पनि जनाएको छ। चेभ्रनले भने सहयोग गरे पनि रकम खुलाएको छैन।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ८ : ५५ बजे

शुक्लाफाँटामा गाईको बाच्छीमा लम्पी स्किन पुष्टि

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी

चितवनमा मनाइयो संविधान दिवस

चितवन– शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना