रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत | Khabarhub Khabarhub

रवि धरौटीमा रिहा भएका हुन्, अदालतले निर्दोष भनेको होइन : महत


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्दोष नभएको बताएका छन् । 

गृहजिल्ला नुवाकोटको तादी र पञ्चकन्या गाउँपालिकाको संगमस्थल सूर्यमती नदी र हेमवती नदीको संगम तादी दर्खु दोभानमा निर्माण हुन लागेको नेपालकै दोस्रो तीनमुखे झोलुङ्गे पुलको शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘सरकारले गरेको यो त गलत रहेछ, उ त छुट्यो भनेर हल्ला मच्चाइरहेका छन्,’ रवि समर्थकहरूले धरौटीमा रिहा भएपछि प्रयोग गरिरहेको भाष्यप्रति टिप्पणी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका नेता महतले प्रश्न गरे, ‘धरौटी के को लागि ६५ लाख धरौटी अदालतले यो–यो कारणले नराखिकन छोड्न मिल्दैन भने पछि केही समस्या नभएको भए धरौटी माग्थ्यो ?’ 

सरकारले अदालतमा दायर गरेको मुद्दामा रविको संलग्नता नदेखिएको भए अदालतले सोझै छोड्न सक्ने भन्दै कांग्रेस प्रवक्ता महतले धरौटीले उनको संलग्नता देखिएको जिकिर गरे ।   

‘सरकारले गलत मुद्दा दायर गरेको रहेछ भनेर अदालतले सिधै छोडिदिन्थ्यो । धरौटी राख्नुको मतलब के हो भने त्यहाँ केही समस्या रहेछ,’ उनले भने, ‘छोड्न त छोडेको छ, मुद्दा टुंगिएको छैन । मुद्दा नटुंगिदासम्म ६५ लाख तपाईंले राखेर बल्ल बाहिर जान पाउनु हुन्छ भनेर त्यो सहुलियत दिएको हो । अदालतले निर्दोष हो भनेको होइन ।’

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ३ : १५ बजे

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल

हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, ६ जना घाइते

पाँचथर – मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै

निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छः सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी

इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न बग्दादको आग्रह

बग्दाद – वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला