समाजवादी मोर्चालाई थप सक्रिय बनाउन आवश्यक : माधव नेपाल « Khabarhub

समाजवादी मोर्चालाई थप सक्रिय बनाउन आवश्यक : माधव नेपाल


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय तथा जनजीविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् । 

शनिबार ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको भन्दै सबैलाई एकताबद्ध गरेर राष्ट्रियता, जनजीविका लगायतका विषयलाई उचित ढंगले अघि बढाउन राज्यलाई दबाब दिने बताए ।

अध्यक्ष नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको धारणा राखे ।

उनले बिचार मिल्नेसँगै अघि बढ्न सकिने र बिचार मिल्न बाकी रहे सहकार्य गर्न सकिने उल्लेख गरे । सत्ताको फेरबदलसंगै समाजवादी मोर्चा सक्रिय ढंगले अघि बढ्न नसकेकाले पुन सक्रिय बनाउन खोजेको उनले बताए ।

अध्यक्ष नेपालले राजनीतिमा निकै महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा निराश नभई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ३ : २८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली