आर्थिक समृद्धिको लागि केही कानून संशोधन : गृहमन्त्री « Khabarhub

आर्थिक समृद्धिको लागि केही कानून संशोधन : गृहमन्त्री


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेश मार्फत केही कानून संशोधन गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारको ध्यान मुलुकको आर्थिक विकास र समृद्धितर्फ रहेको भन्दै यसलाई सहज बनाउन सरकारले अध्यादेश मार्फत केही कानून संशोधन गरेको बताएका हुन् ।

उनले शासकीय सुधारसंग सम्बन्धित कानूनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानूनहरु र सुशासनलाई प्रत्याभूत गर्ने कानूनहरू अघि बढाइएको जिकिर गरे । सरकारले बढि मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए ।

उनले मुलुकमा लगानीको वातावरण बनाउन गैर आवासीय नेपालीका निमित्त  महत्वपूर्ण निर्णय गरेको समेत बताए । आइटिको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेको भन्दै उनले विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरी कानुन निमार्णमा सरकार लागेको धारणा राखे ।

कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उनले बताए । त्यस्तै उनले सरकारले निजी क्षेत्रसँग सरकार्य गर्न सधैँ तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ३ : ५२ बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार