राजेन्द्र लिङ्देनको टिप्पणी- वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख | Khabarhub Khabarhub

राजेन्द्र लिङ्देनको टिप्पणी- वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन् । 

पृथ्वीनारायण शाहको ३०३ औं जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार काठमाडौंको भृकुटिमण्डपमा जलपान कार्यक्रमको आयोजना गर्दै लिङ्देनले नियमित रूपमा बोलाउनुपर्ने संसद नबोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फउन्मुख देखिएको टिप्पणी गरेका हुन् । 

देशलाई अध्यादेशको बाटोतर्फ लैजानुले सरकारको नियत स्पष्ट भएको उनले बताए । लिङ्देनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र समेत मास्न खोजेको आरोप लगाउँदै सशक्त प्रतिवाद गर्ने बताए ।

त्यस्तै उनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिनु उपलब्धिपूर्ण रहेको भन्दै अर्को वर्ष सरकार आफैले दिवस मनाउनुपर्ने सुझाव दिए ।

जलपान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्रीहरू, विभिन्न दलका नेता कार्यकर्ता तथा शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ५ : ५० बजे

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री

धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप

चितवन – विभिन्न स्थानमा धानको ब्याड अनुगमन गर्दा आवश्यक खाद्य

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले कर्णाली

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

कास्की – पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो

पोर्चुगलका पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

लिस्बन – पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै