आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपियाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ८५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपियाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपियाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ४८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपियाँ १६ पैसा र बिक्रीदर एक सय ५० रुपियाँ ८२ पैसा कायम गरिएको छ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपियाँ ९५ पैसा र बिक्रीदर ८५ रुपियाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ २९ पैसा र बिक्रीदर ९५ रुपियाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपियाँ ३४ पैसा र बिक्रीदर एक सय रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर आठ रुपियाँ ६८ पैसा र बिक्रीदर आठ रुपियाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ५६ पैसा र बिक्रीदर ३६ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर तीन रुपियाँ ९७ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपियाँ ५२ पैसा र बिक्रीदर ३० रुपियाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ३१ पैसा र बिक्रीदर १२ रुपियाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ०३ तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ६३ पैसा र बिक्रीदर १७ रुपियाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपियाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपियाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपियाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपियाँ ६७ पैसा, ओमानी रियाल एकको खरिदर तीन सय ५६ रुपियाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपियाँ ०८ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : ४८ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।