चार शून्यको शानदार जितसहित लिभरपुल चौथो चरणमा « Khabarhub

चार शून्यको शानदार जितसहित लिभरपुल चौथो चरणमा


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लिभरपुल एएफ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। शनिबार भएको तेस्रो चरणको खेलमा लिभरपुलले एरिङटन स्टान्लेलाई ४-० ले हरायो।

गएराति भएको खेलमा लिभरपुलका लागि डिएगो जोटाले खेलको २९ औं मिनेटमा पहिलो गोल गरे। उसका लागि दोस्रो गोल पहिलो हाफको अन्तिम समय अर्थात् ४५ औं मिनेटमा अलेक्जेन्डर आर्नोल्डले गरे। पहिलो हाफमा २-० ले अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गरेको हो।

दोस्रो हाफको ७६ मिनेटमा जायडन डान्सले टिमका लागि तेस्रो गोल गरे भने खेलको अन्तिम समय अर्थात् ९० औं मिनेटमा फेड्रिको चियसाले गोल गर्दै चार शून्यको शानदार जित निश्चित गरेका हुन्।

एफए कपका अन्य खेलमा चेल्सीले मोरक्याम्बेलाई ५-० ले हरायो भने नटिङघम फरेस्टले लुओन टाउनसँगको खेलमा २-० को जित निकालेको छ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : १८ बजे

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू