रुस-युक्रेन युद्ध: युक्रेनी सेनाले गिरफ्तार गरेका उत्तर कोरियाली सैनिकको उपचार हुँदै « Khabarhub

रुस-युक्रेन युद्ध: युक्रेनी सेनाले गिरफ्तार गरेका उत्तर कोरियाली सैनिकको उपचार हुँदै


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

किभ – दुई घाइते उत्तर कोरियाली सेनालाई रुसको र्कस्कमा गिरफ्तार गरिएको युक्रेनी राष्ट्रपति भ्लाडोमिर जेलेन्सकीले बताएका छन्। जेलेन्सकीका अनुसार किभमा रहेर उनीहरू अति आवश्यक उपचार लिइरहेका छन्। उनले उत्तर कोरियालीलाई पक्रने युक्रेनी प्यारा ट्रपर तथा विशेष दस्ताप्रति आभार व्यक्त गरेका छन्।

जेलेन्सकीले युद्धमा उत्तर कोरियाली सेनाको उपस्थिति नभएको पुष्टि गर्नका लागि रुस र उत्तर कोरियाले सबै प्रमाण नष्ट गर्ने गरेको आरोप लगाए। युक्रेनी गुप्तचरले जनाए अनुसार ९ जनवरीका दिन गिरफ्तार गरिएका उनीहरूलाई किभमा राखेर जेनेभा महासन्धिको मापदण्ड अनुसार उपचार गराइएको छ।

ती दुवै जना युक्रेनी, रुसी र अङ्ग्रेजी भाषा बोल्न सक्दैनन्। यसै कारण उनीहरूसँग सम्पर्क गर्नका लागि दक्षिण कोरियाबाट दोभासे झिकाइएको छ।

जेलेन्सकीले उपचारपछि उनीहरूको सञ्चारकर्मीसँग सम्पर्क गराउनु आवश्यक रहेको बताएका छन्। अहिले संसारले नै तथ्य थाहा पाउन चाहेकाले उनीहरूसँगको सम्पर्क अनिवार्य रहेको जनाइएको छ।

उनीहरूको बारेको चार फोटो समेत जेलेन्सकीले पोस्ट गरेका छन्। उनीहरूको डकुमेन्टका आधारमा जन्मिएको स्थान टुरान जनाइएको छ। सो स्थान मङ्गोलियाको सीमामा पर्छ। २०२४ को मध्यमा उनीहरूले रुसी सेनाले आफ्नो डकुमेन्ट पेस गरेको जनाइएको छ।

यसरी समातिएका एक जना २००५ मा जन्मिएका तथा सन् २०२१ मा राइफल म्यानको रूपमा उत्तर कोरियाली सेनामा आबद्ध थिए।

उनी युक्रेनसँग लड्नका लागि नभई प्रशिक्षणका लागि रुस गएको जनाउँदै आएका छन्। अर्का १ सन् १९९९ मा जन्मिएका हुन्। उनी सन् २०१६ देखि उत्तर कोरियाली सेनामा आबद्ध थिए।

जेनेभा महासन्धि अनुसार युद्धबन्दीलाई उनीहरूले बुझ्ने भाषामा प्रश्न सोध्न अनिवार्य छ। साथमा उनीहरूको जवाफ पनि सार्वजनिक गर्नु अनिवार्य हुन्छ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : ५२ बजे

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना