संघर्षका दिन सम्झिँदै मनिषा भन्छिन्- शाहरुख र म चट्टाईमा बसेर घन्टौँ गफिन्थ्यौँ « Khabarhub

मनो

संघर्षका दिन सम्झिँदै मनिषा भन्छिन्- शाहरुख र म चट्टाईमा बसेर घन्टौँ गफिन्थ्यौँ


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

मुम्बई- चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले ९० को दशकमा फिल्मी पर्दामा हलचल मच्चाएकी थिइन् । उनै सदाबहार नायिकाको आज पनि उत्तिकै आकर्षणछ ।

उनै मनिषाले हालै एक अन्तर्वार्तामा शाहरुख खान र आफ्नो सुरुवाती दिनबारे खुलेर कुरा गरेकी छन् ।

मनिषाले जब शाहरुख स्टार भइसकेका थिएनन्, त्यसबेला उनी माउन्ट मेरी अपार्टमेन्टमा बस्थे, त्यो बेला कस्तो वातावरणबारे अन्तर्वार्तामा खुलाएकी छन् ।

मनिषाले सन् १९९८ मा शाहरुखसँग फिल्म ‘दिल से’ मा काम गरेकी थिइन् । शाहरुखसँगको सम्बन्धबारे ‘पिंकभिल्ला’सँग कुरा गर्दै मनिषाले फिल्ममा नयाँ कलाकारका रुपमा करिअर सुरु गर्दा शाहरूखसँग पहिलोपटक भेट भएको बताइन् ।

मनिषाका अनुसार उनी शाहरुख र गौरीसँग मात्रै ह्याङ्ग आउट गर्थिन्, शाहरुख त्यतिबेला माउन्ट मेरी अपार्टमेन्टमा बस्न गर्दथे।

मनिषाले भनिन्, ‘शाहरुख मेरो फिल्म करिअरको सुरूवातीदेखिका साथी हुन् । मेरो सबै सामान लिएर उनको माउन्ट मेरी अपार्टमेन्टमा गएको याद छ । उनको फ्ल्याटको भुइँमा चटाई बिछ्याइएको थियो । हामी सबै त्यसमा बसेर गफ गर्थ्यौं ।’

मनिषाले आफूलाई घर किन्न सल्लाह दिने व्यक्ति पनि शाहरुख नै पहिलो भएको बताएकी छन् । मनिषा कोइराला सन् २०२४ मा सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामाण्डीः द डायमण्ड बजार’ मा देखिएकी थिइन् ।

अब उनी यसको दोस्रो सिजनमा पनि देखिने छिन्, जसको छायांकन छिट्टै सुरु हुँदैछ । शाहरुख खान अभिषेक बच्चनसँगै छोरी सुहानाको मुख्य भूमिका रहेको ‘किङ्ग’मा व्यस्त छन् ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  २ : १९ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको