क्यालिफोर्नियामा आगलागी : ज्यान गुमाउनेको संख्या १६ पुग्यो, क्षति अझै बढ्ने « Khabarhub

क्यालिफोर्नियामा आगलागी : ज्यान गुमाउनेको संख्या १६ पुग्यो, क्षति अझै बढ्ने


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा केही दिनदेखि सल्किरहेको आगोमा परेर मर्नेको सङ्ख्या बढ्दैछ । अमेरिकाको क्यालिफोर्निया राज्यमा अहिलेसम्म १६ जनाको ज्यान गइसकेको छ ।

११ जनाले इटनको आगोका कारण ज्यान गुमाएका हुन् भने ५ जनाले पालिसेडमा भएको आगलागीमा ज्यान गुमाएका हुन् ।

पालिसेडको आगो पूर्वतर्फ फैलिरहेको छ । यसै कारण ब्रेन्टफोर्डमा सतर्कता अपनाउन भनिएको छ ।

आइतबार बिहानै सान्टा आना हुरीका कारण स्थिति झनै तनावग्रस्त बनेको छ । लस एन्जलसको आगो निभ्नेतिर देखिए पनि हावा हुरीका कारण समस्या बढेको छ ।

अहिले लस एन्जलसमा अनधिकृत निजी ड्रोनह्ररू उडिरहेका छन् । यसले आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सरकारले चेतावनी दिएको छ । २४ घण्टामा निषेधित क्षेत्रमा ३० वटासम्म अनधिकृत ड्रोन उडाइएको समाचारमा उल्लेख छ ।

आगोले मालिबु सहरको पूर्वतर्फको एकतिहाइ संरचना नास भएका छन् । मालिबुका मेयरका अनुसार पछिल्ला तीन महिनामा तीनवटा आगो आए पनि अहिलेको आगो बढी घातक र खतरनाक रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  २ : ३१ बजे

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत

कांग्रेस महाधिवेशन : विश्वप्रकाशको प्रतिवेदनमा १५ प्रतिज्ञा र १५ संकल्प, थप के छ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबार भएको बन्दसत्रमा

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी