तीन फिल्मको सुटिङ ढिला भएपछि रश्मिकाले मागिन् माफी « Khabarhub

तीन फिल्मको सुटिङ ढिला भएपछि रश्मिकाले मागिन् माफी


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय नायिका रश्मिका मन्दना घाइते भएका कारण अहिले आराम गरिरहेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफू घाइते भएर आराम गरिरहेको जानकारी दिएकी हुन् ।

केही दिनअघि जिम गर्ने क्रममा उनी घाइते भएकी छन् । सामाजिक सञ्जालमा उनले दाहिने खुट्टामा प्लास्टर गरेको तस्बिर सार्वजनिक गरेकी छन् ।

उनले लेखेकी छन्, ‘म केही साता वा महिनापछि मात्रै छायाङ्कनमा फर्कदै छु । कहिले भन्ने भगावन्लाई मात्रै थाहा छ ।’

उनी घाइते भएका कारण सलमान खान स्टारर फिल्म ‘सिकन्दर’को छायाङ्कन बढी प्रभावित भएको बुझिएको छ । भारतीय मिडियाहरुको अनुसार यसको छायाङ्न चलिरहेकै समयमा उनी घाइते भएकी हुन् ।

उनले छायाङ्कन ढिला हुने भएकाले फिल्महरु सिकन्दर, थामा र कुवेरका निर्देशकहरुसँग माफीसमेत मागेकी छन् । भनेकी छन्, ‘ढिलाइको लागि निर्देशकहरुसँग माफी चाहान्छु । एक्सनका लागि मेरो खुट्टा ठीक भएपछि फर्कने छु ।’

रश्मिका स्टारर फिल्म ‘पुष्पा-२’ प्रदर्शनरत छ । उनी सलमानसँग पहिलो पटक ‘सिकन्दर’मा सहकार्य गर्दैछिन् । पछिल्लो समय उनी भारतको बढी माग भएकी नायिका हुन् ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ५१ बजे

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका