सोमबार अमेरिकी डलर स्थिर, कस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर ? « Khabarhub

सोमबार अमेरिकी डलर स्थिर, कस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर ?


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ आज पुनःस्थिर रहेको छ। यस्तै, युरोपियन युरो, जापानी येनको मूल्य बढेको छ।

त्यस्तै, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार र हङकङ डलरको मूल्य भने ओरालो लागेको छ।

अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ८५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ६२ पैसा र बिक्रीदर एक सय ४१ रुपियाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर एक सय ६७ रुपियाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रुपियाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ४९ रुपियाँ ७६ पैसा र बिक्रीदर एक सय ५० रुपियाँ ४२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपियाँ ३८ पैसा र बिक्रीदर ८४ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ १६ पैसा र बिक्रीदर ९५ रुपियाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपियाँ ०७ पैसा र बिक्रीदर एक सय रुपियाँ ५१ पैसा निर्धारण गरिएको छ। रुपियाँ

जापानी येन १० को खरिदर आठ रुपियाँ ७० पैसा र बिक्रीदर आठ रुपियाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ५६ पैसा र बिक्रीदर ३६ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६५ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपियाँ ९६ पैसा र बिक्रीदर तीन रुपियाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ३७ पैसा र बिक्रीदर ३७ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपियाँ ५२ पैसा र बिक्रीदर ३० रुपियाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३० पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रुपियाँ २३ पैसा र बिक्रीदर १२ रुपियाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपियाँ ८५ पैसा र बिक्री दर १८ रुपियाँ ९३ तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ६२ पैसा र बिक्रीदर १७ रुपियाँ ७० पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपियाँ ६१ पैसा र बिक्रीदर चार सय ४६ रुपियाँ ५५ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपियाँ ०६ पैसा र बिक्रीदर तीन सय ६५ रुपियाँ ६५ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपियाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपियाँ ०८ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : ०३ बजे

हिमालयन सितार र बबिन ढुङ्गानाको साङ्गीतिक प्रस्तुति

काठमाडौँ – काठमाडौँको क्षेत्रपाटीमा एक विशेष शास्त्रीय साङ्गीतिक कार्यक्रम सम्पन्न

कञ्चनपुरको खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेटीमा आइतबार आयोजित निःशुल्क स्वास्थ्य

विश्वकप: मेसी र रोनाल्डोसहित यी हुन् १० स्टार खेलाडी

काठमाडौँ – लियोनेल मेसीको जादुयी खुट्टा, क्रिस्टियानो रोनाल्डोको एक्रोबेटिक प्रहार,

बीमा रकम भुक्तानी सहजतातर्फ, १५ अर्ब रकम विनियोजन, विगतको बक्यौता पठाइँदै

काठमाडौँ– स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका