किन हुँदैछ ५४ वर्षकी मनिषा कोइरालाको ‘डेट’ चर्चा ? « Khabarhub

किन हुँदैछ ५४ वर्षकी मनिषा कोइरालाको ‘डेट’ चर्चा ?


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली मुलकी स्थापित बलिउड नायिका हुन्– मानिषा कोइराला । उनी नेपाली कांग्रेसका स्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइराली नातिनी हुन् ।

मनिषा सन् १९७० मा काठमाडौंमा जन्मिए पनि उनले आफ्नो कार्यथलो बलिउडलाई बनाइन् । उनले बलिउड स्टार सलमान खान, शाहरुख खान, सञ्जय दत्त, गोबिन्दा जस्ता हिरोहरुसँग पनि फिल्म गरेकी छिन् ।

अहिलेसम्म उनले ७० भन्दा फिल्ममा अभिनय गरेकी छिन् । उनलाई बलिउडमा वरिष्ठ नायिकाको सम्मान दिइन्छ ।

बलिउडमा मनिषाको व्यक्तिगत जीवनले पनि उतिकै चर्चा पाउँछ । कहिले प्रेम, डिभोर्स र कहिले विमारका कारण उनी चर्चामा आइरहन्छिन् ।

कारण- मनिषाले फिल्मी करिअर सफल बनाए पनि विवाहलाई सफल बनाउन सकिनन् । उनले ४० वर्षको उमेरमा सन् २०१० मा सम्राट दाहालसँग विवाह गरिन् । उनको विवाह २ वर्ष मात्रै टिक्यो । उनीहरुको डिभोर्स भयो ।

उनी सन् २०१२ ताका क्यान्सर संक्रमित भइन् । क्यान्सरलाई पराजित गरेर धेरैको प्रेरणा बनेको भन्दै उनको नेपाली तथा भारतीय मिडिया चर्चा पनि भएको थियो ।

मनिषा अहिले ५४ वर्षकी भइन् । फिल्ममा उनी सक्रियरुपमा छिन् । केही समय अघिसम्म आफू कसैको प्रेममा नरहेको र स्वतन्त्र जीवन जिउँदै आएको दाबी गरिरहेकी थिइन् ।

अहिले उनको एक अन्तर्वार्ताको अभिव्यक्तिले चर्चा पाएको छ । भारतीय मिडिया पिंकभिल्लासँगको अन्तर्वार्तामा उनले प्रेम सम्बन्धबारे गरेको टिप्पणीले चर्चा पाएको हो ।

उनलाई अन्तर्वार्तामा सोधिन्छ, ‘तपाईंले प्रेमीको कमी महसुस गर्नुहुन्छ ?’ मानिषा प्रश्नकर्तालाई प्रतिप्रश्न गरिन्, ‘कसले भन्यो मसँग छैन ?’ र उनी हाँस्छिन् ।

मनिषको यो भनाइको तार्किक अर्थ हुन्छ- उनका प्रेमी छन् । तर, उनको आफूले ठट्टाका रुपमा उक्त प्रतिप्रश्न गरेको बताउँछन् ।

प्रेमीको कमी महसुसबारे उनी अगाडि भन्छिन्, ‘म मेरो जीवनमा सम्झौता गर्न चाहदिनँ । कोही मेरो जीवनसँगै हिड्ने पाएँ भने म खुसी हुनेछु तर अहिले मेरो जीवन परिवर्तन गर्न चाहन्नँ ।’

यही अन्तर्वार्ताका कारण अहिले मनिषा चर्चामा छिन् । उनले उक्त एक घण्टा लामो अन्तवार्तामा बलिउडको सुरुवाती संघर्ष र किस्सा, आफ्ना पूराना दिन, भविष्यका योजना र आफ्ना रुचि लगायतको विषयमा खुलेर बोलेकी छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ६ : ३० बजे

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले

कुलमानले भने- ‘समानुपातिक सूचीमा मेरो भान्जा र ससुराको नाम छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा मन्त्री कुलमान घिसिङले

भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ : मधेशका कृषिमन्त्री पटेल

जनकपुर– मधेश प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्