कब्जामा रहेकामध्ये ३३ बन्दी रिहा गर्न हमास सहमत देखियो : इजरायल « Khabarhub

कब्जामा रहेकामध्ये ३३ बन्दी रिहा गर्न हमास सहमत देखियो : इजरायल


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

दोहा- प्यालेस्टाइनी विद्रोही समूह हमासले २०२३ अक्टोरमा ७ मा कब्जामा लिएर राखेकामध्ये ३३ जना बन्दी रिहा गर्ने भएको छ ।

दोहामा जारी वार्ताकारका अनुसार प्रारम्भिक चरणमा हमासले ३३ इजरायली बन्दी रिहा गर्न मञ्जुर भएको हो ।

हमास–इजरायल बिच युद्धबिराम गर्नेबारे छलफल अन्तिम चरणमा पुगिरहेको जनाउँदै सम्झौताअनुसार पहिलो चरणमा ३३ बन्धक रिहा गर्न हमास तयार भएको इजरायली अधिकारीहरूले जनाएका छन ।

‘इजरायल–हमास युद्धमा युद्धविराम हुने महिनामा पहिलो सकारात्मक संकेत देखा पर्न सक्छ,’ इजरायलका एक अधिकारीलाइ उद्धृत गर्दै अल जजिराले लेखेको छ ।

मध्यपूर्व अस्थिर बनाउँदै गाजा क्षेत्रलाई ध्वस्त पारेको १५ महिनापछि दुवै पक्ष युद्दविरामनजिक पुगेका छन् ।

अब इजरायलले घेराबन्दीमा परेको प्यालेस्टिनी एन्क्लेभमा थप सहायताको लागि अनुमति दिने भएको छ । अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले आक्रमण गरे पछि त्यहाँको शान्ति अवस्था दयनीय छ ।

हमासले इजरायलबाट लिइएका २५१ बन्धकमध्ये ९४ जना अझै पनि उनीहरूको कब्जामा छन । जसमध्ये कम्तीमा ३४ जना मारिएको जनाइएको छ ।

इजरायलले सम्झौताको पहिलो चरणमा रिहा गरिने ३३ बन्धकमध्ये धेरैजसो जीवित रहेको विश्वास गरेको छ । एक वरिष्ठ इजरायली अधिकारीले सोमबार पत्रकारहरूलाई बताएअनुसार सूचीमा मृतक बन्दीका शव पनि हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै