कब्जामा रहेकामध्ये ३३ बन्दी रिहा गर्न हमास सहमत देखियो : इजरायल « Khabarhub

कब्जामा रहेकामध्ये ३३ बन्दी रिहा गर्न हमास सहमत देखियो : इजरायल


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

दोहा- प्यालेस्टाइनी विद्रोही समूह हमासले २०२३ अक्टोरमा ७ मा कब्जामा लिएर राखेकामध्ये ३३ जना बन्दी रिहा गर्ने भएको छ ।

दोहामा जारी वार्ताकारका अनुसार प्रारम्भिक चरणमा हमासले ३३ इजरायली बन्दी रिहा गर्न मञ्जुर भएको हो ।

हमास–इजरायल बिच युद्धबिराम गर्नेबारे छलफल अन्तिम चरणमा पुगिरहेको जनाउँदै सम्झौताअनुसार पहिलो चरणमा ३३ बन्धक रिहा गर्न हमास तयार भएको इजरायली अधिकारीहरूले जनाएका छन ।

‘इजरायल–हमास युद्धमा युद्धविराम हुने महिनामा पहिलो सकारात्मक संकेत देखा पर्न सक्छ,’ इजरायलका एक अधिकारीलाइ उद्धृत गर्दै अल जजिराले लेखेको छ ।

मध्यपूर्व अस्थिर बनाउँदै गाजा क्षेत्रलाई ध्वस्त पारेको १५ महिनापछि दुवै पक्ष युद्दविरामनजिक पुगेका छन् ।

अब इजरायलले घेराबन्दीमा परेको प्यालेस्टिनी एन्क्लेभमा थप सहायताको लागि अनुमति दिने भएको छ । अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले आक्रमण गरे पछि त्यहाँको शान्ति अवस्था दयनीय छ ।

हमासले इजरायलबाट लिइएका २५१ बन्धकमध्ये ९४ जना अझै पनि उनीहरूको कब्जामा छन । जसमध्ये कम्तीमा ३४ जना मारिएको जनाइएको छ ।

इजरायलले सम्झौताको पहिलो चरणमा रिहा गरिने ३३ बन्धकमध्ये धेरैजसो जीवित रहेको विश्वास गरेको छ । एक वरिष्ठ इजरायली अधिकारीले सोमबार पत्रकारहरूलाई बताएअनुसार सूचीमा मृतक बन्दीका शव पनि हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : २६ बजे

बकैयामा २९ टन खरबुजा उत्पादन

मकवानपुर– बाग्लुङको काठेखोला गाउँपालिका–२ मा स्थायी घर भई हाल काठमाडौँ महापालिका–२६

अमेरिकी राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दूतावास

वाशिङ्टन- आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री

बजेट कार्यान्वयनमा कुनै समस्या आउँदैन : मन्त्री लिङ्थेप

काठमाडौं– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले

ट्राफिक नियम उल्लङ्घनमा कडाइ गर्न ५ हजारदेखि ५० हजारसम्म जरिवानाको प्रस्ताव

काठमाडौं– पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक नियम उल्लङ्घनमा

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन स्थल फेरियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल