देवघाट महामहोत्सवमा देवी प्रतिभा « Khabarhub

देवघाट महामहोत्सवमा देवी प्रतिभा


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन-चितवनको देवघाटमा सुरु भएको देवघाट महामहोत्सवमा कथा वाचनको लागि आइपुगेकी ख्यातिप्राप्त कथा वाचिका देवी प्रतिभालाई चितवनको भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।  

भरतपुर महानगर प्रमुख रेणु दाहालले देवी प्रतिभालाई महानगरमा स्वागत गरेकी हुन् । सो अवसरमा महानगर प्रमुख दाहालले देवी प्रतिभा देशको गौरव भएको उल्लेख गरिन् ।

भरतपुर महानगरले जनचाहना अनुरूपको विकासका कामलाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले भरतपुर क्षेत्रको प्रचार र प्रवर्द्धनमा भूमिका खेल्न आग्रह पनि गरिन् । 

 सो अवसरमा देवी प्रतिभाले भरतपुर टेक्ने बित्तिकै  विकासको गति देखेर आफू खुसी भएको प्रतिक्रिया दिइन् । देवी प्रतिभाले अब १० दिनसम्म देवघाटमा कथा प्रवचन गर्ने कार्यक्रम रहेको महामहोत्सवका संयोजक डा केशव भुर्तेलले जानकारी दिए ।

देवघाट धाममा मातापिता आश्रम निर्माणको लागि माघ ३० गतेसम्म देवघाट महामहोत्सव चल्ने बताइएको छ । 

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : ५० बजे

ईश्वर पोखरेल पक्षले भन्योः पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले पार्टीलाई थप एकताबद्ध

टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण

कामठाडौं – पाचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु