‘मैले चिनियाँ राष्ट्रपतिसँग कुरा नगरेको भए तातोपानी नाका खुल्ने थिएन’ | Khabarhub Khabarhub

‘मैले चिनियाँ राष्ट्रपतिसँग कुरा नगरेको भए तातोपानी नाका खुल्ने थिएन’


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आफूले तीन पटक कुरा गरेपछि सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने चरणमा गएको बताएका छन् ।

सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीको किनारामा आयोजित सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको मंगलबार उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

दाहालले २०७२ सालको विनाशकारी भूकम्पपछि तातोपानी नाका रोकिने अवस्था आएको बताउँदै अब यसले पुरानै गति समात्ने पनि उल्लेख गरे ।

‘मैले चीन भ्रमणमा जाँदा तीन पटकसम्म राष्ट्रपति सी चिनफिङसँग तातोपानीनाका हरहालतमा खोलिदिनुपर्छ भनेको थिएँ’, उनले भने, ‘नेपाल-चीन व्यापार र विकासमा पनि यो रणनीतिक नाका थियो । चीनका राष्ट्रपतिजीकै निर्देशनमा यो नाका खुल्नेतिर गएको छ। मैले नभनेको भए यो वर्षौँसम्म खुल्ने थिएन ।’

सुकुटेमा सोमबार पुगेका उनले राजनीतिक भाषण गरेनन् । बरु भलिबल खेलसहितलाई प्रोत्साहन गर्न आफू सरकारमा हुँदा पनि पहल गरेको बताएका छन् ।

नेपाल भलिबल संघ, सिन्धु-सुकुटे पर्यटन व्यवसायी संघ र सिन्धुपाल्चोक जिल्ला भलिबल संघको आयोजनामा भलिबल प्रतियोगिता सुरु भएको हो ।

बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ। खेल सुरु भएको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १ : ४३ बजे

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो

रोटरीद्वारा एकै दिन ५० हजार वृक्षारोपण

झापा– रोटरी इन्टरनेसनलको ‘डिस्ट्रिक ३२९२’ले आज देशभर ५० हजार विरुवा

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको