मधेशमा सुरु भयो ‘लाई’ खाने मौसम « Khabarhub

मधेशमा सुरु भयो ‘लाई’ खाने मौसम


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– आज सौरमास गणनाले माघे सङ्क्रान्ति । मधेशका महोत्तरीसहितका जिल्लामा तिलासक्रायत (तिलासङ्क्रान्ति) पर्वको रौनक छ । 

मधेशमा यो पर्वसँगै ‘लाई’ अर्थात तील, चिउरा, मुरी, लट्टे र जुनेलो भुटेर सक्खरको खुँदोमा मिलाएर बनाइने लड्डू  खाने मौसम सुरु भएको छ । मधेशमा तिलासक्रायत अर्थात् माघेसङ्क्रान्ति पर्वपछि हिउँदभरि खाजामा ‘लाई’ खाने चलन छ ।

तिलासक्रायत आपसी भेटघाट र सद्भावसँग जोडिएको पर्व हुँदा यसमा एकअर्कोलाई डाकेर सँगै ‘लाई’, मुरी, चिउरा खाने ख्वाउने चलन छ । यो पर्वको ‘सनेस’ (कोसेली) पनि ‘लाई’ लाने चलन छ । यस चलनले केही सातासम्म घरघरै ‘लाई’ बनाउने क्रम चल्ने महोत्तरीको भङ्गाहा–५ भूचक्रपुरका ६५ वर्षीय दीपनारायण चौधरीले बताए। 

विवाहित छोरीचेली, मितमितिनी र दोहोरो ‘नौतपिहान’ (इष्टमित्र)कहाँ ‘सनेस’ पठाउने परम्परा छ । यो क्रम आगामी केही दिनसम्म जारी रहन्छ । पर्व मनाई सकिए पनि मधेशका गृहिणीलाई अझै केही दिन ‘लाई’ बनाउने चटारो हुने मटिहानी–७ का बासिन्दा ७० वर्षीय रामकुमार मण्डल बताउँछन्। मधेशका आठै जिल्लामा रहेको यो चलनले तिलासक्रायत पर्व आपसी भेटघाटको माध्यम पनि बनेको मण्डलले स्पष्ट पारे। 

यो चलन यहाँको संस्कृतिको रुपमा रहेको बर्दिबास–६ चौलिखास्थित जनहित नन्दलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलीपकुमार तिवारीले बताए । 

‘लाई’ मजाले चपाएर खाइने हुँदा यसले पाचनक्रिया सहज बनाउनुको साथै सक्खरको सम्मिश्रणले तत्काल ऊर्जा दिने हुँदा स्वास्थ्यका दृष्टिले उत्तम खाजा भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा सुदीपकुमार ठाकुरको भनाइ छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  २ : ११ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ