अफ्रिकाको सुनखानीमा फसेका एकसय मजदुरको मृत्यु « Khabarhub

अफ्रिकाको सुनखानीमा फसेका एकसय मजदुरको मृत्यु


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

अफ्रिका– दक्षिण अफ्रिकाको सुन खानीमा फसेका एक सयभन्दा बढी कामदारको मृत्यु भएको छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार खानीमा दुई महिनादेखि ४०० भन्दा बढी कामदारहरू थुनिएका थिए। उनीहरू सबै अवैध रूपमा सुन उत्खनन गर्न खानीमा प्रवेश गर्ने क्रममा थुनिन पुगेका हुन । 

ठुलो सङ्ख्यामा खानीभित्र मजदुरको मृत्यु भएको बाहिरिएपछि राहत र उद्धारका लागि विशेष खानी उद्धार टोली घटनास्थलमा पठाइएको छ । समाचार अनुसार भोक र तिर्खाका कारण मजदुरको ज्यान गएको जनाइएको छ ।

हालसम्म १३ जनाको शव निकालिएको छ । खासमा उद्धार गरिएका कामदारहरूबाट एउटा सेलफोन भेटिएको थियो, जसमा २ भिडियो भेटिएको थियो। यी भिडियोमा दर्जनौँ शव पोलिथिनमा बेरिएको देखाइएको छ ।

खानीमा काम गर्ने मजदुरसँग सम्बद्ध सामाजिक संस्था माइनिङ इफेक्टेड कम्युनिटीज युनाइटेड इन एक्सन (म्याकुए)का अनुसार प्रहरीले गत नोभेम्बर देखि अवैध उत्खननविरुद्ध कारबाही थालेको थियो । प्रहरीले यो खानी सिल गर्ने प्रयास गरेको थियो । 

यसका लागि मजदुरलाई बाहिर आउन आग्रह गरिएको पनि थियो तर  पक्राउ पर्ने डरले कामदारले खानीबाट बाहिर निस्कन नै मानेनन् । त्यसयता ती मजदुरहरू लामो समय देखी खानीमा नै फस्न पुगेका थिए ।

मजदुरहरूले अस्वीकार गरेपछि प्रहरीले खानी भित्र पस्न र निस्कन प्रयोग गरिने डोरी र पुली हटाएको मकुआले जनाएको छ । त्यसपछि कामदार खानीमै अलपत्र परेका थिए ।

दक्षिण अफ्रिकी अखबार सन्डे टाइम्सका अनुसार उद्धार टोलीले एउटा पिंजरा तयार पारेको छ, जसलाई खानीमा ३ किलोमिटर तल झर्ने काम भइरहेको छ । यो पिंजराको सहायताले पहिले बाँकी रहेकालाई बाहिर निकाल्ने काम भइरहेको जनाएको छ । 

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  २ : ४९ बजे

स्वास्थ्य मन्त्रालयमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहत निकायमा स्वीकृत दरबन्दीभन्दा

धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा, को–को परे ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा

जोखिम मोलेर मह सिकार

गण्डकी– वैशाख–जेठ भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ ।

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका

अफ्रिकी महादेशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा

आदिस अबाबा- अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी)