देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पीएसबीको दायित्व : मन्त्री गुरुङ « Khabarhub

देश र जनताप्रति केन्द्रित भएर काम गर्नु पीएसबीको दायित्व : मन्त्री गुरुङ


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समावेशी चरित्रलाई आत्मसात् गर्दै जनताको सूचनाको हक प्रत्याभूत गराउनु सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) मुख्य दायित्व भएको बताएका छन्। साथै उनले पीएसबी जनता र देशप्रति केन्द्रित रहेर समावेशिताको ऐना बन्नुपर्नेमा जोड दिए।

साबिक नेपाल टेलिभिजनमा आज भएको पीएसबीको पूर्वारम्भ कार्यक्रममा उनले पीएसबी सबै वर्ग, क्षेत्र, भाषाभाषी, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताए। मन्त्री गुरुङले विविधताभित्र एकता कायमगर्ने गरी आफ्ना विषयवस्तु चयन गर्न पीएसबीलाई आग्रह गरे ।

विविधताभित्र एकताबद्ध राष्ट्र निर्माणका लागि पीएसबीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै मन्त्री गुरुङले पीएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सूचनाको हकको प्रत्याभूत गर्दै समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए। पीएसबीले सहभागितामूलक, समानता र समावेशी अवधारणामा आधारित भएर काम गर्ने विश्वास पनि व्यक्त गरे ।

मन्त्री गुरुङले विकट ग्रामीण भेगका जनताको आवाज पीएसबीले बोल्नुपर्ने बताए। लोकतन्त्रको विगुल फुकेको रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत पीएसबी प्रारुपमा आइपुग्दा यसको कार्यशैली समयानुकुल परिमार्जन गर्नुपर्छ भने । पीएसबीले सुशासनका लागि सरकारलाई झकझक्याउनुपर्नेमा पनि उनले जोड दिए । 

बहुभाषी, बहुसांस्कृतिक, बहुजातीय हाम्रो समाजमा सबैका भावन समेट्ने उनले सुझाए । ‘अब दैलेखमा बस्ने राउटे देखि तराईमा बस्ने मधेसका सबै जनताले रेडियो सुन्ने र टेलिभिजन हेर्ने अवसर पाउनुपर्छ’, सरकारका प्रवक्ता गुरुङले भने ,’अनि मात्रै यो सार्वजनिक सेवा प्रशारणको सार्थकता रहन्छ ।’

उनले जनतालाई सहि सूचता दिने र सरकारको तथ्यपरक आलोचना गर्ने बानीको विकास गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ४ : ३३ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने