‘नेकेड’ पोस्टर सार्वजनिक गर्दै पल भन्छन्- आज विशेष दिन « Khabarhub

‘नेकेड’ पोस्टर सार्वजनिक गर्दै पल भन्छन्- आज विशेष दिन


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक पल शाह केन्द्रीय भूमिकाका लागि तय भएको फिल्म ‘महाराजधिराज’को फ्रस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा पल शाहलाई दोहोरो चरित्रमा देख्न सकिन्छ । एक तस्बिरमा उनी राजर्षि पहिरनमा छन् । उनले टाउकोमा श्रीपेच, हातमा बोकेको राजदण्ड र पहिरनले पलले राजा भूमिका रहेको संकेत गर्छ ।

अर्को तस्बिरमा पल नग्न अवस्थामा छन् । उनी पातलो र शारीरिक रुपमा कमजोर देखिन्छन् । ती पतला पात्र ‘भिन्जेट’ कुर्सीमा बसेका छन् भने उनको पछाडि राजाको पहिरानमा रहेको पात्र उभिएका छन् ।

पोस्टर हेर्दा राजाले ती पातला व्यक्तिको सुरुक्षा दिए जस्तो देखिन्छ । पोस्टरले पल शाह फिल्ममा दोहोरो भूमिकामा रहेको संकेत गर्छ । यद्यपि निर्माण पक्षले यसबारे खुलाएको छैन ।

निर्माण पक्षले पोस्टरमार्फत् फिल्मको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ रहेको खुलाएको छ ।

यही पोस्टरमामार्फत् फिल्मको प्रदर्शन मिति आगमी फूलपातीलाई तोकिएको छ । निर्माण पक्षले अन्य कलाकार र छायाङ्कनबारे विस्तारै जानकारी दिने बताएको छ ।

नायक पलले सामाजिक सञ्जालमा पोस्टर सेयर गर्दै आज विशेष दिन भएको बताएका छन् । उनले आफ्नो ११ ‌औं फिल्मको फ्रस्टलुक सार्वजनिक भएको दिन भएकाले उनले विशेष रहेको बताएका हुन् ।

उनले अगाडि लेखेका छन्, ‘हामी र हाम्रो टिम फेरि एउटा गहिरो कथा पस्किने प्रयास गर्दैछौं, जसले तपाईंहरूको हृदयको गहिराइसम्म छुनेछ।’

छत्रेश्वरी म्यानेजमेन्ट प्रा।लि।को ब्यारनमा तयार हुने यस फिल्मको लेखक र निर्देशक परिच्छेद सेन हुन् । विराज विष्ट प्रस्तुतकर्ता रहेको यस फिल्मको निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : १९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले