‘नेकेड’ पोस्टर सार्वजनिक गर्दै पल भन्छन्- आज विशेष दिन | Khabarhub Khabarhub

‘नेकेड’ पोस्टर सार्वजनिक गर्दै पल भन्छन्- आज विशेष दिन


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नायक पल शाह केन्द्रीय भूमिकाका लागि तय भएको फिल्म ‘महाराजधिराज’को फ्रस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा पल शाहलाई दोहोरो चरित्रमा देख्न सकिन्छ । एक तस्बिरमा उनी राजर्षि पहिरनमा छन् । उनले टाउकोमा श्रीपेच, हातमा बोकेको राजदण्ड र पहिरनले पलले राजा भूमिका रहेको संकेत गर्छ ।

अर्को तस्बिरमा पल नग्न अवस्थामा छन् । उनी पातलो र शारीरिक रुपमा कमजोर देखिन्छन् । ती पतला पात्र ‘भिन्जेट’ कुर्सीमा बसेका छन् भने उनको पछाडि राजाको पहिरानमा रहेको पात्र उभिएका छन् ।

पोस्टर हेर्दा राजाले ती पातला व्यक्तिको सुरुक्षा दिए जस्तो देखिन्छ । पोस्टरले पल शाह फिल्ममा दोहोरो भूमिकामा रहेको संकेत गर्छ । यद्यपि निर्माण पक्षले यसबारे खुलाएको छैन ।

निर्माण पक्षले पोस्टरमार्फत् फिल्मको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ रहेको खुलाएको छ ।

यही पोस्टरमामार्फत् फिल्मको प्रदर्शन मिति आगमी फूलपातीलाई तोकिएको छ । निर्माण पक्षले अन्य कलाकार र छायाङ्कनबारे विस्तारै जानकारी दिने बताएको छ ।

नायक पलले सामाजिक सञ्जालमा पोस्टर सेयर गर्दै आज विशेष दिन भएको बताएका छन् । उनले आफ्नो ११ ‌औं फिल्मको फ्रस्टलुक सार्वजनिक भएको दिन भएकाले उनले विशेष रहेको बताएका हुन् ।

उनले अगाडि लेखेका छन्, ‘हामी र हाम्रो टिम फेरि एउटा गहिरो कथा पस्किने प्रयास गर्दैछौं, जसले तपाईंहरूको हृदयको गहिराइसम्म छुनेछ।’

छत्रेश्वरी म्यानेजमेन्ट प्रा।लि।को ब्यारनमा तयार हुने यस फिल्मको लेखक र निर्देशक परिच्छेद सेन हुन् । विराज विष्ट प्रस्तुतकर्ता रहेको यस फिल्मको निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का हुन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : १९ बजे

सहकारीमा कार्यरत रेश्मिका मृत भेटिइन्

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार

स्रोत जुगाडमा अन्तरिम सरकार : शहरी मन्त्रालयका कयौँ योजना काटिन सक्ने

काठमाडौँ – सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चालु आर्थिक वर्ष

गाजामा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी

एजेन्सी– एक रातको तीव्र हवाई आक्रमणपछि इजरायली सेनाले मंगलबार गाजा

अफगान सीमा नजिक पाकिस्तानी सेनाको कारवाहीमा ३१ तालिबान लडाकूको मृत्यु

इस्लामावाद- पाकिस्तानी सेनाले अफगानिस्तानसँगको सीमा नजिक दुई अलग कारबाहीमा ३१

महोत्तरीका सबै प्रहरी युनिटबाट सेवा सञ्चालन

जलेश्वर–  ‘जेनजी पुस्ता’को आन्दोलनबाट प्रभावित भएका जिल्लास्थित नेपाल प्रहरीका सबै