उद्योगमन्त्री भन्छन्– भारत तयार भइसक्यो, दोधाराचाँदनीमा अब सुख्खा बन्दरगाह बन्छ « Khabarhub

उद्योगमन्त्री भन्छन्– भारत तयार भइसक्यो, दोधाराचाँदनीमा अब सुख्खा बन्दरगाह बन्छ


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

धनगढी- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण चाँडै अघि बढ्ने बताएका छन् ।

सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश भइसकेकाले छिट्टै निर्माणको काम अघि बढ्ने मन्त्री भण्डारीले बताए ।

प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले सुख्खा बन्दरगाह निर्माण अब ढिलाइ नहुने बताए । रुख कटानपछि भारतीय पक्षले ठेक्का लगाउने सहमति भइसकेको मन्त्री भण्डारीको दाबी थियो ।

‘नेपाल र भारतका वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) बैठकमा नेपालले रुख कटान भएलगत्तै भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमति भएको छ,’ भण्डारीले भने, ‘हामीले रुख कटान आदेश पाइसकेकाले चाँडै काम सुरु हुन्छ । त्यसपछि भारतले ठेक्का लगाएर सुख्खा बन्दरगाह निर्माण अघि बढाउँछ ।’

आईजीसी बैठकमा नेपाल र भारतबीच बैतडीको झुलाघाट, डडेल्धुराको शिर्षमा मोटेरेबल पुल निर्माण गर्ने सहमति गरिसकेकाले चाँडै निर्माण गर्नेगरि सम्झौता भएको उनले बताए । सुख्खा बन्दरगाहलाई सिंगो सुदूरपश्चिमको समृद्धिको आयोजनाका रुपमा हेरिएको छ ।

यस्तै, कैलालीको गौरीफन्टा नाकालाई स्तरोन्नति गरेर मुख्य भन्सार नाकाका रुपमा विकास गर्ने सहमती पनि भएको बताए । कञ्चनपुरको दोधारचाँदनी र कैलालीको गौरीफन्टा नाकासम्म रेल सेवा सञ्चालन गर्न अध्ययन गर्ने समझदारी पनि दुवै पक्षले गरेका छन् ।

‘पलियादेखि दुधुवा नेशनल पार्कको बाटो स्तरोन्नति गरेर गौरीफन्टा नाकामा मुख्य भन्सार बिन्दु बनाउने, त्यसका लागि आवश्यक पर्ने क्वारेन्टाइन लगायत संरचना निर्माण सम्झौता भइसकेको छ,’ भण्डारीले भने, ‘दोधाराचाँदनी र गौरीफन्टा नाका व्यवस्थित गर्न रेल सेवाको अध्ययन अघि बढाउने सहमति पनि भारतीय पक्षले गरेको छ ।’

मन्त्री भण्डारीले मंगलबार नै कैलालीको हरैया विशेष आर्थिक क्षेत्रको प्रस्तावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन् । निरीक्षणका क्रममा उमले चाडै काम अघि बढाइने दाबी गरे ।

गोदावरी नगरपालिका–७ र ८ मा पर्ने हरैया विशेष आर्थिक क्षेत्रका आवश्यक पर्ने जग्गाको रेखांकन भइसकेकाले चालु आर्थिक वर्षमा सरकारले एक करोड बजेट विनियोजन गरेको जानकारी उनले दिए ।

बजेटले चालु आर्थिक वर्षमै घेरबार निर्माण गरिने मन्त्री भण्डारीले बताए । त्यसपछि क्रमशः डीपीआर निर्माण लगायतका कामको थालनी गर्दै हरैया विशेष आर्थिक क्षेत्र निर्माणका कामलाई अघि बढाइने भण्डारीले बताए ।

भैरवहा, सिमरा र पाँचखाल औद्योगिक क्षेत्रपछि हरैयालाई प्राथमिकतामा राखिएको बताउँदै भण्डारीले केही नीतिगत सुधारका कारण निर्माण अघि बढाउने उल्लेख गरे । अहिले देशमा लगानीमैत्री वातावरण बनेको दाबी पनि उनले गरे ।

‘हामीले नीतिगत सुधार गर्दै निर्यातजन्य वस्तुको प्रतिशतलाई ६० बाट ३० प्रतिशतमा झार्नेबित्तिकै थुप्रै सेजका ब्लकहरू चाहियो भनेर आन्तरिक र बाह्य लगानीकर्ताले माग गरेका छन्,’ भण्डारीले भने, ‘अमेरिकाको कोकाकोला कम्पनी, चिनियाँ लगानीकर्ता पाँचखाल हामीलाई चाहियो भनेर आउनुभएको छ ।’
सरकारले जारी गरेको अध्यायदेशबारे बोल्दै मन्त्री भण्डारीले अधिकारको प्रयोग गरिएको बताए । ‘अध्यायदेश ल्याउने सरकारको अधिकार हो, यसमा विरोध र बहसले कुनै अर्थ राख्दैन’, उनले भने ।

सरकारले केही गरेन भन्ने कुरा गलत भएको उनले बताए । ‘निराशाका कुरा बढी भए । सरकारले धेरै गरेको छ, गर्न खोजेको छ, केही समयमै परिणाम देखिनेछ’, उनले भने ।

थारु समुदायको सांस्कृतिक मेलाको अवसरमा आयोजित महोत्सवसहितका कार्यक्रममा भाग लिन मन्त्री भण्डारी गृहप्रदेश सुदूरपश्चिम आएका हुन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ७ : ३१ बजे

बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी

नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच

काठमाडौं– अन्तरराष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई