नुवाकोटमा यसरी जुधाइयो गोरु, मुख्यमन्त्रीसहित दर्शक (तस्बिरहरू) | Khabarhub Khabarhub

नुवाकोटमा यसरी जुधाइयो गोरु, मुख्यमन्त्रीसहित दर्शक (तस्बिरहरू)



नुवाकोट– माघे संक्रान्ति पर्वका अवसरमा मंगलबार नुवाकोटको तारुका र बेत्रावतीलगायत स्थानमा गोरु जुधाएर मेला लगाइएको छ ।

माघे संक्रान्तिको दिनलाई विभिन्न ऐतिहासिक घटनासँग जोडेर यस वर्ष नुवाकोटको तरुकमा १३ हल, बेत्रावतीमा ११ हल गोरु जुधाइएको हो ।

नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकामा आयोजना गरिएको गोरु जुधाई प्रदर्शनी बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ), बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले पनि अवलोकन गरे ।

गोरु जुधाई अवलोकन गरेपछि मुख्यमन्त्री तामाङले गोरु पशु अधिकारको संरक्षण गर्दै संस्कृतिको जगेर्नामा जोड दिए । यसलाई पर्यटन प्रवर्द्धन गर्दै खेलकुदका रुपमा अनुशासनमा राखेर सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । यसका लागि उनले सम्बन्धित मन्त्रालयसँग सहकार्य र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

गोरु जुधाई प्रदर्शनीमा विजेता र उपविजेता गोरुका धानी (कृषक) लाई प्रोत्साहनस्वरुप नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । माघे संक्रान्ति गोरु जुधाई महोत्सव समितिका संयोजक मदन श्रेष्ठले नगद पुरस्कार दिइएको बताए ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : ०७ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक