उपेन्द्र यादवको दाबी - सबै साना दल अब लुज अलायन्समा ! | Khabarhub Khabarhub

उपेन्द्र यादवको दाबी – सबै साना दल अब लुज अलायन्समा !


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशकेन्द्रित दलको नयाँ ‘लुज अलायन्स’ले नेपालका सबै साना दललाई केन्द्रीकरण गर्ने दाबी गरेका छन्‌ ।

मङ्गलबार बेलुकी खबरहबसँग कुरा गर्दै यादवले नयाँ अलायन्समा तराई/मधेशका मात्र नभइ देशका सबै दल सम्मिलित हुने बताए ।

संविधान संशोधन र राष्ट्रिय मुद्दाहरू एक ठाउँमा ल्याउनका लागि यो अलायन्सले महत्वपूर्ण भूमिका खेल्ने यादवको दाबी छ ।

‘विगतदेखि नै तराई/मधेश केन्द्रित दलहरू अन्य दलको चेपुवामा परिराखेका छन्, हामी सबैलाई यो महसुस भएपछि यो अलायन्सलाई अगाडि बढाएका हौँ’, यादवले भने, ‘राष्ट्रिय मुद्दामा एकीकृत भएर यो अलायन्स मोर्चासम्म पुग्ने स्थिति बन्छ ।’
तत्काललाई कसैसँग मिल्ने, पार्टी एकता गर्ने या एकीकरण हुने भन्ने नभएको, तर राष्ट्रिय मुद्दा र इस्युहरूमा आफूहरूले एकीकृत भएर जानुपर्ने आवश्यकता महसुस गरेको यादवले बताए ।

पछिल्लो अलायन्सको उद्देश्य र सम्भावनाहरू बढ्दै गए मोर्चासम्म गरेर संविधान संशोधनको मुद्दामा पनि व्यापक छलफल गर्ने यादवले जनाए ।

यो पनि –

मोर्चातिर तराई-मधेसकेन्द्रित दल, अमरेश सिंह पनि जोडिए

अलायन्स बन्नु सबैका लागि सकारात्मक रहेको बताउँदै यादवले तराई/मधेस केन्द्रित दलहरू मात्र होइन, अन्य दल पनि अलायन्समै सहभागी हुनसक्ने दाबी गरे ।

‘रेशम चौधरीजी बाहिर हुनुहुन्छ, आएपछि उहाँसँग पनि छलफल हुन्छ’, यादवले अगाडि भने, ‘प्रभु यादवजीहरू पनि यो विषयमा एकदमै सकारात्मक हुनुहुन्छ भन्ने रिपोर्टिङ पाएको छु।’

यादवले अलायन्स बनेको, तर सबै पार्टीका अध्यक्षहरू बसेर छलफल गर्न नपाएको समेत बताएका छन् । उनले अबको केही हप्तामै सबै पार्टीका अध्यक्षहरू बसेर यसको उद्देश्य र प्राथमिकताहरू निर्धारण गर्ने समेत दाबी गरे ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ९ : ३९ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना