महको बजारीकरण गर्न प्रदर्शनी मेला « Khabarhub

महको बजारीकरण गर्न प्रदर्शनी मेला


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रननगरमा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला–२०८१ को आयोजना गरिएको छ ।

कर्णाली प्रदेशका १० जिल्लामा उत्पादन गरिएको मह, अर्ग्यानिक खाद्य, पोषण कर्नर, अर्ग्यानिक तरकारी, महको गुणस्तर जाँच मेसिन, मौरीका घार, मह निकाल्ने प्रविधि, खाद्य केराको रेसाबाट बनेका म्याटलगायत सामग्री प्रदर्शनमा राखिएका छन् ।

‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम प्रादेशिक मह प्रदर्शनी मेला नेपाल मौरीपालन कृषक महासङ्घ कर्णाली प्रदेशको आयोजनामा मङ्गलबारदेखि सुरु भएको हो ।

भोलिसम्म सञ्चालन हुने प्रादेशिक मह मेलाको शुभारम्भ गर्दै कर्णाली सरकारका प्रवक्ता एवं भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उत्पादनका हिसाबले अत्यन्तै पवित्र मानिने मौरीको मह प्रदर्शनी मेलाले कर्णालीको उत्पादन, मूल्य शृङ्खला, महत्व र यसको पहिचान देशविदेशमा पुग्ने बताए । उनले मह उत्पादक किसानलाई नयाँनयाँ प्रविधि, ज्ञान, औजार सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए ।

नेपाल मौरीपालन कृषक महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष लीलाराम ढकालले मेलामा ३२ प्रदर्शनी कक्ष राखिएको जानकारी दिँदै यसबाट मह उत्पादक किसानलाई सहज हुने बताए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : १२ बजे

स्वास्थ्य मन्त्रालयमा स्वीकृतभन्दा ८ सय बढी कर्मचारी पदपूर्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहत निकायमा स्वीकृत दरबन्दीभन्दा

धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा, को–को परे ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्षको लागि ४ जना सर्टलिस्टमा

जोखिम मोलेर मह सिकार

गण्डकी– वैशाख–जेठ भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ ।

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका

अफ्रिकी महादेशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा

आदिस अबाबा- अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी)