फैलिँदो निराशा : एक वर्षमा झण्डै ७० हजार नेपालीले सधैँका लागि छाडे देश « Khabarhub

फैलिँदो निराशा : एक वर्षमा झण्डै ७० हजार नेपालीले सधैँका लागि छाडे देश


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्षेनी रोजीरोटी र सुरक्षित जीवनको खोजीमा लाखौँ नेपालीले देश छाड्दै आएका छन् । रोजीरोटीका लागि देश छाड्नेहरू सिमित अवधिमा फर्केर आएपनि लाखौं नेपालीले भने अहिलेसम्म सधैँका लागि देश छाड्ने गरेका छन् ।

अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा ६६ हजार ८३५ जना नेपालीले सधैँका लागि देश छाडेका छन् । जसमध्ये ३४ हजार ५४४ जना महिला छन् भने ३२ हजार २८७ जना पुरुष रहेका छन् । महिला र पुरुषको झण्डै बराबरीको संख्या हेर्दा धेरै परिवारले नै देश छाडेको हुनसक्ने देखिन्छ ।

सोही अवधिमा १ लाख ८२७ जना नेपालीले अस्थायी रूपमा देश छाडेको विभागको तथ्यांकले देखाएको छ । जसमा ५६ हजार २८१ जना पुरुष र ४४ हजार ५३६ जना महिला रहेका छन् । परिवार भेटघाटको लागि पनि सन् २०२४ मा १ लाख ३१ हजार ७९६ जना नेपाली विदेश गएका थिए ।

विभागकै तयांकअनुसार सन् २०२३ मा ७० हजार ९४८ जना नेपालीले विभिन्न देशमा स्थायी बसोबास अनुमति लिएका थिए । त्यस्तै, सोही अवधिमा ९२ हजार ३४९ जना नेपालीले विभिन्न देशमा अस्थायी बसोबास अनुमति प्राप्त गरेका थिए ।

पढ्न, उपचार, व्यवसाय, भ्रमण लगायतका विभिन्न उद्देश्यले सन् २०२४ मा लाखौँ नेपाली विदेश गएको विभागको तथ्यांकले देखाएको छ । जसमा २० हजार १०१ जना नेपाली विदेशमा व्यवसाय गर्ने उद्देश्यले भिसा लिएको देखिन्छ ।

पछिल्लो समयमा नेपालमा लगानीको वातावरण नभएको भनेर प्रचार भइरहँदा कतै हजारौँ नेपालीमार्फत् स्वदेशी पुँजी पलायन भइरहेको त छैन भन्ने आशंका विभागको तथ्यांकले देखाएको छ । तर, देश छाड्ने नेपालीको पृष्ठभूमि परिचय भने सरकारले ट्रयाक गर्ने गरेको छैन ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १० : २० बजे

एमबीएस परीक्षाको प्रश्नपत्र व्हाट्सएपमा सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम

भारतीय जेलमा रहेका नेपाली किसानको रिहाइका लागि पहल गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले भारतको जेलमा रहेका दुई नेपाली किसानको

भारतले जिम्बाब्वेलाई दियो १९३ रनको लक्ष्य

काठमाडौं – युवा ब्याटर वैभव सूर्यवंशीको उत्कृष्ट ८१ रनको इनिङ्सको

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र