कैलालीका ५० हजार किशोरीलाई एचपीभी खोप लगाइँदै | Khabarhub Khabarhub

कैलालीका ५० हजार किशोरीलाई एचपीभी खोप लगाइँदै


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीका ५० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै छ ।

१० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई क्यान्सर विरुद्धको खोप लगाइने भएको हो । यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप लगाइने कार्यपातालिका रहेको छ । 

हरेक विद्यालयमै पुगेर कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । कार्यालयका अनुसार कैलालीका ७५५ विद्यालयमै पुगेर किशोरीलाई खोप लगाइनेछ ।

स्वास्थ्य कार्यालय कैलालीले १३ वटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरि खोप अभियान चलाउने छ । खोप अभियान अन्तर्गत  जिल्लाका करिब ५० हजार किशोरीलाई खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए ।

 ‘सरकारले सुदूरपश्चिमका सबै जिल्लामा खोप अभियान चलाउने भएको छ । माघ २२ देखि फागुन ६ गतेसम्म कैलालीमा खोप अभियान चल्नेछ’, उनले भने, ‘पछि गएर महिलामा पाठेघरको मुखको क्यान्सर हुन नदिन किशोरीहरूलाई १४ वर्षभित्रै खोप लगाउनुपरेको हो । पाठेघरको क्यान्सर हुन नदिन सरकारले खोप अभियान थालेको हो ।’

प्रमुख कुँवरका अनुसार खोप अभियानमा कक्षा ६ देखि १० मा अध्ययनरत किशोरीलाई विद्यालयमै खोप केन्द्र राखेर भ्याक्सिन लगाइनेछ । भविष्यमा पाठेघरको मुखको क्यान्सर हुन नदिन एक मात्रा खोप लगाइने उनले बताए ।

 कुँवरले भने, ‘पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको ज्यान जाने भएकाले क्यान्सर नियन्त्रणका लागि विश्व स्वास्थ्य संघले प्रमाणित र सिफारिस गरेको खोप लगाइने छ ।’

१५ वर्षअघि नै खोप लगाए पाठेघरको क्यान्सर हुँदैन  महिलामा स्तन क्यान्सरपछि पाठेघरको मुखको क्यान्सरको संक्रमण सबैभन्दा बढी हुने गरेको तथ्यांक छ । क्यान्सरका कारण हुने मृत्युमा पाठेघरको मुखको क्यान्सरबाट सबैभन्दा बढी महिलाको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १२ : ३५ बजे

चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना सरकारले रू

भैरहवामा १२६ दिन बसे रवि, मंगलग्रहमा लगे पनि नडराउने अभिव्यक्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प

एजेनसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्काको

विशेषज्ञ आयुर्वेद चिकित्सक समाजमा नयाँ नेतृत्व, सभापतिमा डा. पुनेश्वर केशरी

काठमाडौं– विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले दुई

राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

पाटन– राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गरेका