सरकारको कामबारे समीक्षा गर्न देउवाले बोलाए मन्त्रीसहितको बैठक  | Khabarhub Khabarhub

सरकारको कामबारे समीक्षा गर्न देउवाले बोलाए मन्त्रीसहितको बैठक 


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारका कामबारे छलफल गर्न पार्टी पदाधिकारी र मन्त्रीहरूलाई बुढानीलकण्ठ बोलाएका छन् । सभापति देउवाले बिहीबार बिहान बस्ने गरी कार्यसमिति सदस्य र मन्त्रीहरूको बैठक बोलाएका हुन् ।

 पछिल्लो समय ओली नेतृत्वको सरकारको कामबारे प्रश्न उठिरहेको छ । कांग्रेसकै नेताहरू शेखर कोइराला र एनपी साउदसहितले यहीँ तरिकाले सरकार चलिरहे जनअसन्तुष्टि बढ्दै जाने बताइरहेका छन् । 

सरकार गठनको ६ महिना बितिसक्दा पनि सरकारले परिणाम दिन नसकेको गुनासो जनस्तरमा बढिरहेको छ । यहीँ सन्दर्भमा कांग्रसबिाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समेत कामको समीक्षा गर्ने गरी यो बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १ : ०१ बजे

तेमाल गाउँका सहरमा बस्नेलाई शिविरमार्फत सेवा

काभ्रे– तेमाल गाउँपालिकाले गाउँ छाडेर काठमाडौं उपत्यकालगायत सहरमा बस्ने नागरिकलाई

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

झापा– झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति विद्युतीय मोटरबाट

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या

भोजपुर- स्थानीय तहमा कामकाजका लागि सञ्चालन गरिएको सर्भर नचल्दा सेवा

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

सुर्खेत– कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ ।