आशिका तामाङलाई पक्राउ गर्न पुग्यो प्रहरी « Khabarhub

आशिका तामाङलाई पक्राउ गर्न पुग्यो प्रहरी


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङलाई पक्राउ गर्न प्रहरीले उनको कार्यालय पुगेको छ।

केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ तयारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गर्न गएको हो ।

‘देहायको परिचय वतन खुलेको व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने…। तत्काल निजलाई पक्राउ नगरे मुद्दाको प्रमाण नष्ट हुने, निज भागीजाने भएकाले’, प्रशासनद्वारा जारी पक्राउ पुर्जीमा भनिएको छ।

आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाउन लागिएको हो । तर कार्यालयमा पुगेको प्रहरीसँग आशिका र उनका सहयोगीले गलफत्ती गरेका छन् । उनीहरूले सक्कलै पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई दबाब दिएका छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  २ : ०१ बजे

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात

महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी

झापा – झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको

राजसंस्थाबारे जनमत संग्रह गरौँ: दुर्गा प्रसाईं

काठमाडौँ- नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले वैदिक सनातन हिन्दू