आशिका तामाङलाई पक्राउ गर्न पुग्यो प्रहरी « Khabarhub

आशिका तामाङलाई पक्राउ गर्न पुग्यो प्रहरी


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङलाई पक्राउ गर्न प्रहरीले उनको कार्यालय पुगेको छ।

केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ तयारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गर्न गएको हो ।

‘देहायको परिचय वतन खुलेको व्यक्तिलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने…। तत्काल निजलाई पक्राउ नगरे मुद्दाको प्रमाण नष्ट हुने, निज भागीजाने भएकाले’, प्रशासनद्वारा जारी पक्राउ पुर्जीमा भनिएको छ।

आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाउन लागिएको हो । तर कार्यालयमा पुगेको प्रहरीसँग आशिका र उनका सहयोगीले गलफत्ती गरेका छन् । उनीहरूले सक्कलै पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई दबाब दिएका छन् ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  २ : ०१ बजे

इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता भए

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

आईपीएल : कूपर कोनोलीको विष्फोटक ब्याटिङमा पञ्जाबको सहज जित

काठमाडौँ – अस्ट्रेलियाली युवा खेलाडी कूपर कोनोलीको उत्कृष्ट प्रदर्शनको मद्दतले

ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको