पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै | Khabarhub Khabarhub

पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा ४३ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुन लागेको दीक्षान्त समारोहमा ‘डक्टर अफ मेडिसिन-मास्टर अफ सर्जरी’ (एमडि-एमएस) प्रथम र दोस्रो ब्याचका ४३ जना विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका सूचना अधिकारी सुशीलकुमार अर्यालले जानकारी दिए ।

साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना एवं स्वास्थ्य सेवाको सुदृढ जगमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम प्रतिष्ठान स्थापना भएको थियो । 

चिकित्सा शिक्षासँग सम्बन्धित जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी रूपमा अघि बढाउन प्रयत्नशील प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न लागेको हो । 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ०८ बजे

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय  कार्यकारिणी समितिको बैठक शनिबारदेखि

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक