काठमाडौं– काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्तचन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भएका ४० वर्षीय ज्ञान बहादुर तिमिल्सिना र काठमाडौं महानगरपालिका-१४ बस्ने ४१ वर्षीय रमेश थापा रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त स्थानमा रहेको टहरामा १३ वटा बोरा भित्र रहेको उक्त परिमाणको काठ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया