बङ्गलादेशका अन्तरिम नेता युनुसद्वारा ‘चोरी भएको’ अर्बौंको सम्पत्ति फिर्ता गर्न माग « Khabarhub

बङ्गलादेशका अन्तरिम नेता युनुसद्वारा ‘चोरी भएको’ अर्बौंको सम्पत्ति फिर्ता गर्न माग


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले गत वर्ष क्रान्तिबाट अपदस्थ शेख हसिनाको अपदस्थ सरकारको पालामा भएको भ्रष्टाचारको परिमाणको निन्दा गर्दै ‘चोरी भएको’ सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । 

सन् २०२४ को अगष्टमा भएको क्रान्तिबाट भागेर छिमेकी मुलुक भारत पुगेकी ७७ वर्षीया हसिनाले सामूहिक हत्यालगायतका आरोपको सामना गर्न बङ्गलादेशको सुपुर्दगीका लागि गरिएको अनुरोधलाई अस्वीकार गरेकी छन् । 

युनुसले भने, ‘अर्बौं डलरको सार्वजनिक कोष चोरीका कारण बङ्गलादेशले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको छ । चोरी भएको रकम त्यहाँका जनताको हो । न्याय सुनिश्चित गर्न हामी हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य जारी राख्नेछौँ ।’

युनुसले आफूले ‘सम्पत्ति फिर्ता हुने’ अपेक्षा गरेको बताउँदै चोरी भएको रकमलाई देश र जनताको लुटिएको सम्पत्ति हो भनेका छन् । उनले यो बङ्गलादेशका जनतालाई लुटेको मात्र नभई आर्थिक स्थायित्वतर्फको देशको प्रगतिमा धोखा भएको बताए । 

बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोग (एसिसी) ले हसिना र उनकी भतिजी, बेलायती सांसद तथा भ्रष्टाचार विरोधी मन्त्री ट्युलिप सिद्दिकसहित उनका परिवारका सदस्यमाथि अनुसन्धान गरिरहेको छ ।

सिद्दिकले मङ्गलबार आफ्नो पदबाट राजीनामा दिए पनि आफूले केही गलत नगरेको भन्दै आफूविरूद्धको आरोपको खण्डन गरेका थिए । 

एसीसीले हसिनाको परिवारमाथि गरेको अनुसन्धान रूसको आर्थिक सहयोगमा सञ्चालित आणविक ऊर्जा प्लान्टसँग जोडिएको पाँच अर्ब अमेरिकी डलरको अनियमितता र राजधानी ढाकाको एक उपनगरमा आकर्षक प्लटको कथित जग्गा हडप्नेसँग योजनासँग जोडिएको छ ।

ब्रिटिस सन्डे टाइम्सको अनुसन्धानले सिद्दिकले दुई बङ्गलादेशी व्यवसायीसँग जोडिएको अफशोर कम्पनीले किनेको लण्डनको फ्ल्याटमा वर्षौं बिताएको दाबीबारे विस्तृत विवरण सार्वजनिक गरेको थियो ।

उक्त फ्ल्याट हसिना, उनको परिवार र उनको अपदस्थ सरकारसँग सम्बन्ध भएका एक बङ्गलादेशी वकिललाई उपहारस्वरुप हस्तान्तरण गरिएको थियो ।

सिद्दीक र उनको परिवारलाई हसिनाको अवामी लिग पार्टीका सदस्य वा सहयोगीहरूले किनेको लण्डनका अन्य थुप्रै सम्पत्तिहरू दिइएको वा प्रयोग गरिएको पनि बताइएको छ ।

‘ट्युलिप सिद्दिकले लण्डनमा कमाएको पैसा र सम्पत्तिको स्रोत राम्ररी नखुलेको हुन सक्छ’, युनुसले भने, ‘तर, अब उनलाई थाहा छ, उहाँले बङ्गलादेशका जनतासँग माफी माग्नुपर्छ।’

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ४९ बजे

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका

अफ्रिकी महादेशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा

आदिस अबाबा- अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी)

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको

ट्रम्पको अल्टिमेटमपछि दबाबमा ईयू

ब्रसेल्स- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने

भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा