अधिवक्ता त्रिपाठीलाई रविका समर्थकले अदालत परिसरमै कुटे | Khabarhub Khabarhub

अधिवक्ता त्रिपाठीलाई रविका समर्थकले अदालत परिसरमै कुटे


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेका छन् ।

सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेको मुद्दामा विपक्षमा बहस गरिरहेका अधिवक्ता त्रिपाठीलाई बुधबार बबरमहलस्थित जिल्ला अदालत काठमाडौं परिसरमा कुटपिट गरेपछि आपत्तिजनक नारा पनि लगाएका छन्।

‘मैले सहकारीपीडितको तर्फबाट अदालतमा बहस गरिरहेको छु’, त्रिपाठीले कुटाई खाएपछि सञ्चारकर्मीसँग भने, ‘ममाथि अदालत परिसरमै हातपात र कुटपिट भएको छ । कुटपिट गर्नेले मेरो झोलासमेत खोसेर लगेका छन् । ’

त्रिपाठीले सहकारीपीडितहरूको तर्फबाट बहस गरिरेका छन् । उनले अदालतमा बहस गरेर निस्किँदै गर्दाको समयमा रविका कार्यकर्ताको कुटाई खाएका हुन् ।

त्रिपाठीलाई कुटपिट गरेपछि रास्वपाका कार्यकर्ताहरूले अदालतबाहिर अश्लील शब्दसहित नाराबाजीसमेत गरेका छन् ।

लामिछानेको मुद्दालाई लिएर जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसमा थुनछेक बहस भइरहेको छ ।

यसअघि पनि अदालतले रविलाई हिरासतमा पठाएपछि उनका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उत्तेजक नाराबाजी गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ५४ बजे

प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका

राष्ट्रियसभामा शून्य समय : ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौं- राष्ट्रियसभाको बैठकमा सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ घटनाको गम्भीर

सईले बर्दीमै रविको पक्षमा हस्ताक्षर गरेपछि…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीस्थित सुप्रिम

मलेसियन लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह – ‘नेपालमा लगानी गरिदिनुस्‌’

काठमाडौँ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार