बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर ५ दिन हिरासतमा रहने | Khabarhub Khabarhub

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर ५ दिन हिरासतमा रहने


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– ठगी प्रकरणमा पक्राउ परेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ ।

ठाकुरलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउन  जिल्ला अदालत धनुषाको ३ नम्बर इजलासका न्यायधिश दिलीप कुकार बर्देवाले आदेश दिएका हुन् । 

सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको थियो ।

ठाकुरसँगै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अरु तीन जना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको भन्दै उनीहरुलाइ समेत पक्राउ गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ  ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : १९ बजे

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर– गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा– बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको

आजबाट जसपाको संघीय परिषद् बैठक

 काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्‌याउन थालियो

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका