‘हामी आराम गर्न आएको होइन, सरकारले मध्यरातमा काम गर्छ’ « Khabarhub

‘हामी आराम गर्न आएको होइन, सरकारले मध्यरातमा काम गर्छ’


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताको आकांक्षा पूरा गर्न लागिरहेको बताएका छन् ।

केही दिनअघि जारी गरिएका चार अध्यादेशबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सघन र विस्तृत छलफल गरेर अध्यादेश जारी गरिएको हो । अध्यादेशले सरकार परिवर्तन हुँदैन, कामको गति रोक्दैन’, उनले भने, ‘सरकार बाङ्गो भयो, बेलुका ढल्छ भन्नेहरूलाई हामी आराम गर्न आएका होइनौँ, काम गर्न आएका हौँ भन्न चाहन्छौँ।’

उनले गत शुक्रबार राति पौने ११ बजे मन्त्रिपरिषद्को बैठकले अध्यादेश अघि बढाउने निर्णय गरेको बताए । ‘राति पौने ११ बजे अध्यादेश पारित गरेर राष्ट्रपतिकहाँ पठाएका हौँ’, उनले भने, ‘हामी मध्यराति पनि काम गर्छौँ । हामी आराम गर्ने जन्मनेको होइन । काम जतिबेला पनि हुन्छ ।’

उनले जनताको आकांक्षालाई सफल बनाउने कुरामा सरकार प्रतिबद्ध छ भन्ने कुरालाई यी चार अध्यादेशले पुष्टि गरेको पनि बताएका छन् ।

ओलीले राष्ट्रपतिबाट प्रमाणीकरण भएका अध्यादेशहरू ६० दिनमा संसद्‍बाट पारित गर्ने बचन पनि दिए ।

‘प्रतिनिधि सभाको बैठक सुरु भएकै दिन सबै अध्यादेश सदनमा पेस हुन्छन्’, उनले भने।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ३१ बजे

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा