हिमाल जोगाएनाैँ भने नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे  | Khabarhub Khabarhub

हिमाल जोगाएनाैँ भने नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ : मन्त्री पाण्डे 


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाललाई जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताएका छन् ।

एमएस म्युजिक एण्ड ईन्टरटेन्मन्टद्वारा आयोजित एभरेस्ट टुरिजम अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको उद्घोष गरेका हुन् ।

मन्त्री पाण्डेले भने, ‘जलवायु परिवर्तनका कारण हिमालहरू काला देखिन थालेका छन्। हिमालको अस्तित्व जोगाउन सकिएन भने नेपालकै अस्तित्वमाथि प्रश्न चिन्ह उठ्न सक्छ।’

 उनले प्रकृतिलाई जोगाउनु पर्ने चुनौती देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण मुलुक संकटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

मन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे सिङ्गो विश्व एक ठाउँमा उभिनु पर्ने बताए। उनले हिमाललाई हिमालकै रूपमा रहन दिने गरी विश्वजगत एक ठाउँमा उभिनका लागि संयुक्त राष्ट्र संघसमेत चिन्तित हुनुपर्नेमा जोड दिनु पर्ने बताए। 

साथै उनले नेपाल विविधता पूर्ण संस्कृति र प्रकृतिले ओतप्रोत रहेको बताउँदै विश्वबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूमाथि अथितिदेवो भवको मन्त्रलाई आत्मसात् गर्दै अघि बढ्न अनुरोध गरे। 

अवार्ड कार्यक्रममा १८ वटा देशका विदेशीहरूदेखि स्वदेशीहरूलाई विभिन्न विधाबाट सम्मान गरिएको थियो।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ४६ बजे

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक

पार्टी महाधिवेशनका लागि सबैले दबाब दिन आवश्यक : कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका