माधव नेपालको जिकिर- ओलीबाट सत्ताको दुरुपयोग भइरहेको छ | Khabarhub Khabarhub

माधव नेपालको जिकिर- ओलीबाट सत्ताको दुरुपयोग भइरहेको छ


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिले सत्ताको दुरुपयोग भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सरकारले संविधान र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको जिकिर गरे । उनले अहिले केपी शर्मा ओली नेतृत्वको सरकारबाट सत्ताको दुरुपयोग भइरहेको पनि बताएका छन् ।

संसदीय समितिमा विधेयकहरू रहेको अवस्थामा नियमविपरीत अध्यादेश ल्याउने काम भइरहेकाले खवरदारीका साथ दबाब दिनुपर्ने उनले बताएका छन् ।

अध्यक्ष नेपालले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता भएपछिमात्रै अध्यादेश ल्याउन मिल्ने जिकिर गरेका छन् । अध्यादेश ल्याउनै पर्ने भए सबै दलसँग छलफल गर्दा राम्रो हुने पनि उनको तर्क छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ५ : ५५ बजे

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।