‘विमानस्थल घाममा सुकाउँदा १८ खर्ब लगानी धरापमा’ | Khabarhub Khabarhub

आइएसएसआर नीति बहस

‘विमानस्थल घाममा सुकाउँदा १८ खर्ब लगानी धरापमा’


३ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपालको विकास र समृद्धि निम्ति ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि गरी चार क्षेत्रलाई तुलनात्मक लाभको क्षेत्र घोषित गरेको छ । सेवा क्षेत्रअन्तर्गत पर्यटनमा हालसम्म १८ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको व्यवसायीहरू बताउँछन् ।

नेपालको वार्षिक बजेट हाराहारीकै लगानी भएको पर्यटन क्षेत्रमा सोहीअनुरूप उत्पादकत्व बढिरहेको छ त ? सरोकारवालाहरूले भन्ने थालेका छन् – यति धेरै लगानी धरापमा परेको छ । कारण हो – निर्माण भइसकेका विमानस्थलमा जहाज उडाउनुको साटो घाम तपाउनु !

इन्स्टिच्यूट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) र खबरहबले संयुक्त रूपमा आयोजना गरेको ‘बैंकिङ एण्ड फाइनान्सियल कन्सन्र्स : हाइड्रोपावर, एग्रिकल्चर एण्ड टूरिज्म’ विषयक नीति बहस कार्यक्रमका वक्ताहरूले पर्यटन क्षेत्र विकासमा राज्यको उदासिनताले खर्बौं रुपैयाँ लगानी धरापमा परेको बताएका हुन् ।

हाल नेपालमा रहेका पर्यटकीय होटलहरूमा एक लाख १६ हजार कोठा छन् । अर्थात्, एकै दिनमा नेपालका होटलहरूले कम्तिमा एक लाख १६ हजार पर्यटकलाइ सेवा दिन सक्छन् । तर, न्यूनतम पर्यटक भित्र्याउनै नेपालले सकस भोगिरहेको नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाह बताउँछन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अलावा नेपालमा थप दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने र त्यसको माध्यमबाट थप पर्यटक भित्रिने प्रक्षेपणका साथ स्वदेशी/विदेशी लगानीकर्ताले होटल खोले’, शाहले भने, ‘विमानस्थल नै व्यावसायिक रूपमा सञ्चालनमा आउन नसकेपछि ती होटेल पनि समस्यामा परेको छ । बैंकबाट ठूलो मात्रामा ऋण लिएर लगानीकर्ताहरूले खोलेका होटेलले समयमा बैंकको किस्ता र ब्याज तिर्न नसक्दा कतिपय होटेलहरू लिलामी बढाबढमा जाने अवस्था निम्तिइसकेको छ ।’

पर्यटन बोर्डका अनुसार सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ जना विदेशी पर्यटक नेपालमा आएका थिए । तर, विशेषगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर खोलिएका केही होटेलहरू भने राम्रोसँग सञ्चालन हुन नसकेको व्यवसायीहरूले बताएका हुन् ।

यो समस्यालाई राज्य र बैंकिङ क्षेत्रको व्यवहारले थप गहिरो बनाएको व्यवसायीहरूको तर्क छ । अध्यक्ष शाहले होटेल सञ्चालनमा नआउनुमा होटेल सञ्चालकको मात्रै दोष नभएको तर्क गरे ।

‘भैरहवामा होटेल खुलेका छन्, तर एयरपोर्ट नै नचलेका कारण होटेलहरू लिलाम बढाबढमा छन्, व्यवसायी सडकमा आउनुभएको छ’, उनले भने, ‘के यसमा हाम्रो मात्रै दोष छ त ? राज्यको कुनै दोष छैन ?’

उनले लगानीकर्ताहरूले राज्यले पर्यटक भित्र्याउन लिएको लक्ष्यअनुसार लगानी गरेको, तर राज्यले नै निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसक्दा होटेलहरू सञ्चालन हुन नसकेको उनले बताए । उनले विदेशबाट नेपालमा आउने पर्यटकहरू खासगरी यातायातका पूर्वाधारका कारणले गर्दा अपेक्षित सङ्ख्यामा नआएको बताए ।

‘काठमाडौंबाट पोखरासम्मको २०० किलोमिटरको सडकमा यात्रा गर्न १०/१२ घण्टा लाग्छ, धुवाँ, धुलो र यस्तो सडकमा यात्रा गर्न कसरी आउँछन् पर्यटक ?’, अध्यक्ष शाहले प्रश्न गरे । उनले अहिले नेपालको पर्यटन क्षेत्रले अन्तर्राष्ट्रिय गुणस्तरअनुसार ३५ लाख पर्यटकलाई सेवा सुविधा दिने अवस्था रहेकाले राज्यले निर्माण गरेका अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र सडकहरूको राम्रो अवस्था भएमा निजी क्षेत्रकै पहलमा १/२ वर्षमा नै दोब्बर पर्यटक नेपाल भित्र्याउन सकिने समेत बताए ।

साथै, पूराना होटेलहरू सञ्चालनको लागत बढ्दै गएकोले पछिल्लो समयमा केही त्यस्ता ठूला होटेलहरू बन्द हुनसक्ने अवस्थामा समेत पुगेको बताए । त्यसको लागि राज्य र बैंकिङ क्षेत्रले सम्बोधन गर्नुपर्ने उनको माग थियो ।

पछिल्लो दुई दशकयता विशेषगरी राजधानी काठमाडौं, शहरोउन्मुख तथा आवादीउन्मुख क्षेत्रको भूमिको मूल्यमा दोब्बर तेब्बर वृद्धि भएको छ । जसले गर्दा भौतिक पूर्वाधार निर्माण गरेर व्यवसाय स्थापना गर्ने लगानीकर्ताको लागि लगानी निकै महँगो पर्न जानुका साथै उपलब्ध समेत नहुने अवस्था सिर्जना हुँदै गएको छ । जसका कारण विशेषगरी पर्यटक लक्षित सुविधासम्पन्न होटेलहरू निर्माण गर्न समस्या भएको व्यवसायीहरूको भनाइ छ ।

पर्यटन व्यवसायी एवम् ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष ज्योति अधिकारीले खासगरी भूमिको मूल्यमा भएको वृद्धिका कारण पर्यटन क्षेत्रका लगानीकर्ताले आफ्नो व्यवसायलाई आवश्यकताअनुसार विस्तार गर्न नसक्ने अवस्था देखिएको बताए ।

व्यवसायी अधिकारीले होटेलहरूलाई भवन, स्वीमिङ पुल लगायतका विभिन्न पूर्वाधारहरू निर्माण गर्न प्रशस्त जमिनको आवश्यकता पर्नेमा भूमिको मूल्यका कारण असम्भव जस्तै भएको बताए । साथै, उनले राज्यले भूमि लिएर लगानीकर्तालाई लगानी गर्ने वातावरण बनाउनुपर्ने तर्क गरे ।

‘अहिले काठमाडमौंको ठमेलमा होटेल विस्तार गर्न नसकिने अवस्था छ, होटेलको विस्तार गरेर स्वीमङ पुल बनाउनुपर्छ, अरु संरचना बनाउनुपर्छ, भूमिको मूल्य नै ४/५ करोड प्रतिआना पुगेको छ’, उनले भने, ‘यस्तो कसले बनाइरहेको छ, राज्यले भूमि लिएर लगानीकर्तालाई दिने व्यवस्था मिलाउनुपर्छ ।’

बैंकर तथा उद्यमी पवन गोल्यानले भने नेपालको सम्भाव्य पर्यटन क्षेत्रको विषयमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रचार गर्न नसकेको बताए । उनले नेपालको हिन्दु धार्मिक तीर्थस्थलहरू र गौतम बुद्धको जन्मभूमिको विषयमा उचित ढङ्गले प्रचार गर्न आवश्यक रहेको औंल्याए ।

नेपालमा ‘एग्रोटुरिजम, इकोटुरिजम’ लगायतका विविध पर्यटन विकासको सम्भावना समेत रहेको, तर राज्यले यसतर्फ ध्यान दिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार  ९ : ३८ बजे

गोरखा सैनिक भर्ती पुनः सुरु गर्न भारतीय सेना प्रमुखको आग्रह

काठमाडौं – भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले नेपाल सरकारसँग

दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

जुबा – दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स ९एसएसपिडीएफ० र सुडान

वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

दुई सय ९० जना जेष्ठ नागरिकलाई ज्याकेट वितरण

दोलखा – जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर–१ र ३ का

आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्छ : उपसभापति खड्का

कास्की – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आवश्यकताका आधारमा संविधान